रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

कान्तिपुर संवाददाता

सिरहा — रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदाँ सिरहामा शनिबार एक जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान खण्डमा रोकिराखेको ना३ख ५१४५ नम्बरको ट्रकमा स३प ४८५० नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक लहान नगरपालिका १७ गोविन्दपुरका मोहम्मद साविरको मृत्यु भएको हो ।


पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साविर ठोक्किएर गम्भीर घाइते भएका थिए । उनको लहान अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको हो ।

प्रकाशित : फाल्गुन २६, २०७४ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?