कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मासिंदै गुराँस वन

तेह्रथुम

तेह्रथुम — वसन्तपुरदेखि पदमार्ग हुँदै ताप्लेजुङ पुग्न प्रस्तावित लालीगुराँस संरक्षण क्षेत्र भएर चार दिन लामो बाटो पार गर्नुपर्छ । पदयात्राका क्रममा यहाँको गुराँस वनको प्रजातिका साथै जैविक विविधता फँडानी भइरहेको प्रस्टै देखिन्छ ।

मासिंदै गुराँस वन

संरक्षण क्षेत्रभित्रको लालीगुराँससहित गुराँसका धेरै प्रजातिका रूख काटिने क्रम प्रत्येक वर्ष बढदो छ । ६३ सामुदायिक वन उपभोक्ता समूह रहेको यो क्षेत्रमा अन्य प्रजातिका रूखको जंगल पातलो भएकाले पनि फँडानीको चाप गुराँस वनमाथि नै परिरहेको छ ।


संरक्षण क्षेत्रका लागि प्रस्ताव गरिएको तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रभित्र जताततै देखिने जंगल फँडानी, दाउराका खलिया, काँचा रूख काटेर उजाड बनेका भिराला पाखा, अनि ठाउँठाउँमा खुलेका साना होटल र पसल अनुगमन कसैले गरेको छैन ।


तेह्रथुमसहित संखुवासभा र ताप्लेजुङको संयुक्त टीएमजे क्षेत्रभित्र भइरहेको गैरकानुनी रूख कटान र जडीबुटी संकलनको काम रोक्न तीनवटै वन कार्यालयले सकेका छैनन् । तेह्रथुमका जिल्ला वन अधिकृत देवीचन्द्र पोखरेल गुराँस वन क्षेत्रको संरक्षणका लागि सक्दो प्रयास गरिरहेको बताउँछन् ।


सरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकाले गुराँस जंगल कटान हुने गरेको प्रस्तावित संरक्षण क्षेत्रभित्र गुफा बजारमा रहेको मकालु होटलका सञ्चालक हरि खनालले बताए । खाना पकाउन र आगो ताप्नका लागि सरकारले स्थानीयलाई दाउराको विकल्प नदिएसम्म फँडानी नरोकिने खनालको भनाइ छ ।


यहाँ बसोबास गर्ने ८ हजार ८ सय ९२ परिवारको समेत प्रमुख इन्धनको स्रोत गुराँसको दाउरा हो । टीएमजे क्षेत्रभित्र गुराँसबाहेक अन्य प्रजातिका वनस्पती साना र पोथ्रा मात्र रहेको वन कार्यालयले जनाएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको टीएमजे क्षेत्रभित्र साना ठूला गरी १ सय ५० बढी होटल तथा पसल छन् । होटल सञ्चालन र व्यापार गर्न बसेकाहरूलाई संरक्षणभन्दा व्यापार व्यवसायमा बढी चासो देखिएको मादीमुलखर्क चौकी बजारका उदयकुमार लोले बताए ।


प्रकाशित : फाल्गुन २८, २०७४ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?