जेसिबीको ठक्करले वृद्धको मृत्यु

रवीन्द्र उप्रेती

काठमाडौँ — पूर्व-पश्चिम लोकमार्गस्थित बर्दिवास-१ मा जेसिबी (ब्याक लोडर) ले ठक्कर दिँदा मंगलबार एक वृद्धको मृत्यु भएको छ । सिन्धुलीबाट मर्मतको लागि बर्दिवासस्थित ग्यारेजतर्फ आउँदै गरेको ना१क ७१९० नम्बरको जेसिबीले सडकनजिक आराम गरिरहेका बृद्धलाई धक्का दिएको थियो । 

गम्भीर घाइते उनलाई एम्बुलेन्सबाट काठमाडौंतर्फ लैजाँदै गर्दा सिन्धुलीनजिक मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बर्दिवासले जनाएको छ। ट्राफिक प्रमुख डिल्ली मैनालीकाअनुसार मृतकको सनाखत हुन सकेको छैन।

Yamaha

सेतो कमिज र सेतै सुरुवाल लगाएका ६५/७० वर्षीयय तराईवासी जस्ता देखिने मृतकबारे सोधखोज भइरहेको मैनालीले जनाए। घटनालगत्तै जेसिबीसहित दाङ निवासी चालक मिलन चौधरीलाई बर्दिवास प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित : फाल्गुन २९, २०७४ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विमान दुर्घटना : ग्राण्डीका चार घाइतेको अवस्था यस्तो छ

कान्तिपुर संवाददाता

काठमाडौँ — दुर्घटना भएको यूएस बंगलाको विमानबाट उद्धार गरी ग्राण्डी अन्तरर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएका चार जना घाइतेहरु खतरामुक्त अवस्थामा रहेको जनाएको छ ।

फाइल फोटो ।


बिहान ११ बजे अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले दिएको जानकारी अनुसार चारै जना सघन उपचार कक्षमा रहेको भएपनि खतरामुक्त भएको जानकारी अस्पालले प्रेस नोट जारी गरी जनाएको हो।

अस्पतालका अनुसार किशोर त्रिपाठीको काँधको हड्डी भाँचिएको र छुट्टिएको तथा केही घाउहरु पनि भएकाले अप्रेसन गरिएको जनाएको छ।त्यसैगरी अर्का बिरामी दयाराम ताम्रकारको फोहर अवस्थामा रहेको घाउ सफा गरिएको ड्रिब्रिमेन्ड गरेर सिलाईको जनाएको छ।

घाइते हरिप्रसाद सुबेदीको सोमबार नै अपरेशन गरिसकिएको, अनुहारमा घाउहरु र दायाँ टिबिया अर्थात नली खुट्टाको हड्डी भाँचिएको र दाहिने गोडाको गोलीगाठो अर्थात एंकल भाचिएको उल्लेख गरिएको छ।

बिनोद राज पौडेलको भने दुबै फोक्सोमा हाबा र रगत भरिएको जनाएको छ। उनलाई थोरासिक ट्युब चेष्ट ट्युब राखेर स्ट्यावल बनाइएको अस्पतालले जनाएको छ। सोमबार अक्सिजन ८० प्रतिशत दिनु परेकोमा मंगलबार ६० प्रतिशत अक्सिजनले पुगेको जनाइएको छ।






प्रकाशित : फाल्गुन २९, २०७४ १५:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्