२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जेसिबीको ठक्करले वृद्धको मृत्यु

रवीन्द्र उप्रेती

काठमाडौँ — पूर्व-पश्चिम लोकमार्गस्थित बर्दिवास-१ मा जेसिबी (ब्याक लोडर) ले ठक्कर दिँदा मंगलबार एक वृद्धको मृत्यु भएको छ । सिन्धुलीबाट मर्मतको लागि बर्दिवासस्थित ग्यारेजतर्फ आउँदै गरेको ना१क ७१९० नम्बरको जेसिबीले सडकनजिक आराम गरिरहेका बृद्धलाई धक्का दिएको थियो । 

गम्भीर घाइते उनलाई एम्बुलेन्सबाट काठमाडौंतर्फ लैजाँदै गर्दा सिन्धुलीनजिक मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बर्दिवासले जनाएको छ । ट्राफिक प्रमुख डिल्ली मैनालीकाअनुसार मृतकको सनाखत हुन सकेको छैन ।


सेतो कमिज र सेतै सुरुवाल लगाएका ६५/७० वर्षीयय तराईवासी जस्ता देखिने मृतकबारे सोधखोज भइरहेको मैनालीले जनाए । घटनालगत्तै जेसिबीसहित दाङ निवासी चालक मिलन चौधरीलाई बर्दिवास प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७४ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?