युवा संघसँग एकता प्रक्रिया थाल्ने वाइसीएलको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)ले एकताबारे आवश्यक निर्णय गर्ने अधिकार संगठनको केन्द्रीय कार्यालयलाई जिम्मा दिएको छ ।

युवा संघसँग एकता प्रक्रिया थाल्ने वाइसीएलको निर्णय

पेरिसडाँडामा बुधबार बसेको वाइसिएल केन्द्रीय समिति बैठकले एमाले निकट युवा संघसँगको एकताबारे निर्णय गर्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिने निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार आन्तरिक धारणा निर्माण गरेपछि युवा संघसँग एकताबारे छलफल थालिनेछ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने भएपछि युवा संगठनहरुले पनि एकता प्रक्रिया सुरु गर्न लागिएको हो ।


वाइसीएल बैठकले केन्द्रीय समितिको आगामी कार्ययोजना तयार पार्दै कार्यविभाजन तथा पदपूर्ति समेत गर्ने निर्णय गरेको छ । बैठकमा प्रदेश, जिल्ला र तल्ला तहसम्मको संगठनको अवस्था, समस्या, सम्भावना र चुनौतीका विषयमा प्रत्येक प्रदेशबाट प्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशको रिपोटिङ गरेका थिए ।


वाइसीएल बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, मणि थापालगायतको पनि उपस्थिति थियो ।


प्रकाशित : फाल्गुन ३०, २०७४ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?