युवा संघसँग एकता प्रक्रिया थाल्ने वाइसीएलको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)ले एकताबारे आवश्यक निर्णय गर्ने अधिकार संगठनको केन्द्रीय कार्यालयलाई जिम्मा दिएको छ ।

पेरिसडाँडामा बुधबार बसेको वाइसिएल केन्द्रीय समिति बैठकले एमाले निकट युवा संघसँगको एकताबारे निर्णय गर्ने जिम्माकेन्द्रीय कार्यालयलाई दिने निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार आन्तरिक धारणानिर्माण गरेपछि युवा संघसँग एकताबारे छलफल थालिनेछ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने भएपछि युवासंगठनहरुले पनि एकता प्रक्रिया सुरु गर्न लागिएको हो ।

Yamaha

वाइसीएल बैठकले केन्द्रीय समितिको आगामी कार्ययोजना तयार पार्दै कार्यविभाजन तथा पदपूर्ति समेत गर्ने निर्णय गरेको छ ।बैठकमा प्रदेश, जिल्ला र तल्ला तहसम्मको संगठनको अवस्था, समस्या, सम्भावना र चुनौतीका विषयमा प्रत्येक प्रदेशबाटप्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशको रिपोटिङ गरेका थिए ।

वाइसीएल बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, मणि थापालगायतको पनिउपस्थिति थियो ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

'पदमुक्त' प्रधानन्यायाधीशबाट राष्ट्रपतिको शपथग्रहण

प्रधानन्यायाधीश पराजुलीले खुवाए शपथ
कान्तिपुर संवाददाता

काठमाडौँ — नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजेर ५० मिनेटमा पद तथा गोपनीयताको शपथ लिएकी छन्  । शीतल निवास महाराजगञ्जमा राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट शपथ लिएकी हुन् ।

तस्बिरः इलिट जोशी

राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्। उनको कार्यकाल पाँच वर्षको हुनेछ।


प्रकाशित : फाल्गुन ३०, २०७४ १६:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT