कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुर्घटनामा महिलाको मृत्यु

नारायण शर्मा

नवलपरासी — नवलपरासीको कावासोतीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार कावासोती नगरपालिका-३ को देवी चोकमा मोटरसाइकलको ठक्करबाट स्थानीय ३८ वर्षकी कमला कँडेलको मृत्यु भएको हो । 

पैदल हिँडदै गरेकी कँडेललाई ना ३३ प १०५० नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उनको उपचारकोक्रममा बुधबार राति मृत्यु भएको हो । ठक्करदिने मोटरसाइकलका चालक कावासोतीकै सौगात मिधुनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : चैत्र १, २०७४ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?