‘आइसफल डाक्टर’ सगरमाथा आधार शिविर पुगे

कुम्भराज राई

ओखलढुंगा — सगरमाथा आरोहणका लागि बाटो खोल्ने ‘आइसफल डाक्टर’को समूह आधार शिविर पुगेको छ ।

‘आइसफल डाक्टर’ सगरमाथा आधार शिविर पुगे

सगरमाथा प्रदुषण नियन्त्रण समितिका ८ जनाको समूह शुक्रबार आधार शिविर पुगेको हो ।


उनीहरुले आधार शिविर देखि क्याम्प १ देखि ४ सम्मको बाटो बनाउने छन् । सगरमाथा प्रदुषण नियन्त्रण समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सम्झौता अनुसार काम गर्नका लागि टोली पठाएको शुक्रबार आधिकारिक फेसबुक पेज मार्फत जानकारी दिएको छ ।


‘आइसफल डाक्टर’ को टोलीमा आङकामी शेर्पा, आङसार्की शेर्पा, निमदोर्जी शेर्पा, मिङ्माछिरि शेर्पा, याङ्दा शेर्पा, मिङ्मा तेम्बा शेर्पा, दावाजाङ्बु शेर्पा र निमावोङ्चु शेर्पा छन् । उनीहरुले सगरमाथा आरोहणका लागि क्याम्प ४ सम्म बाटो खन्ने, डोरी टाँग्ने, भर्‍याङ लगाउने काम गर्नेछन् । क्याम्प ४ देखि शिखर सम्म छुट्टै शेर्पाहरुको डोरीले ‘रोप फिक्सिङ’ अर्थात डोरी टाँग्ने काम गर्छन् । त्यसपछि आरोही आरोहणका लागि जाने गर्छन ।

प्रकाशित : चैत्र २, २०७४ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?