मृगौलापीडितलाई आर्थिक सहयोग

काठमाडौँ — मोरङको मिक्लाजुङ–२ का एक मृगौलापीडितको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । 

मृगौलापीडितलाई आर्थिक सहयोग

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमबीच मृगौलापीडित सेनीहाङ लिम्बूको उपचारका लागि नगद २ लाख ६२ हजार ९ सय २३ रुपैयाँ हस्तान्तरण गरिएको हो । मोरङ क्षेत्र नम्बर १ ‘क’ प्रदेश सांसद कुलप्रसाद साम्बाले सहयोग रकम पीडितका बुवा अमर लिम्बूलाई हस्तान्तरण गरे । सेनीहाङ परिवारको आर्थिक अवस्था कमजोर रहेको छ । दुवै मृगौला फेल भएका सेनिहाङ मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत पवन साम्बा, सूर्य साम्बा, अम्बिका माखिम, उपेन्द्र लिम्बू, रस्मिता लिम्बू, दिलु लिम्बू, कविता तामाङ, मिरा सम्बा र कुलप्रसाद अधिकारी लिम्बूले सेनिहाङको उपचारका लागि रकम संकलन गरेका थिए ।

प्रकाशित : चैत्र ४, २०७४ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?