कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामग्राममा चिनियाँ टोली

परासी — पश्चिम नवलपरासीको रामग्राम स्तुपलाई व्यवस्थित र स्मार्ट पार्कका रूपमा विकास गर्न ‘चाइना–नेपाल सांस्कृतिक आदानप्रदान’ संस्थाको टोली स्थलगत अध्ययनमा आएको छ ।

रामग्राममा चिनियाँ टोली

उज्जैनीस्थित ऐतिहासिक स्तुप गुरुयोजना अनुरूप सुविधासम्पन्न पर्यटकीय क्षेत्र बनाउने नगरपालिकाले पेस गरेको प्रस्तावबारे अध्ययन गर्न टोली आएको हो ।

बृहत्तर विकासका लागि नगरपालिकाले स्वदेशी तथा विदेशी लगानी भित्र्याएर करिब डेढ अर्बमा ऐतिहासिक संरचना संरक्षण गर्दै ‘स्मार्ट पार्क’ बनाउन लागेको हो । त्यसका लागि नगरपालिकाले ‘चाइना–नेपाल सांस्कृतिक आदानप्रदान’ नामक गैरसरकारी संस्थासँग सम्झौता गरेको छ ।

बृहत्तर विकासका लागि नगरपालिकाले स्वदेशी तथा विदेशी लगानीबाट करिब डेढ अर्ब लागतमा ऐतिहासिक संरचनाको संरक्षण गर्दै स्मार्ट पार्कको सोच बनाएको छ ।

गौतमबुद्धको एक मात्र अस्तुधातु रहेको स्तुपलाई पर्यटकीय क्षेत्र र यसको विकासका लागि कार्ययोजना बनाएर चीन भ्रमणमा गएको नगरपालिका टोलीले सम्झौता गरेपछि टोली नेपाल आएको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए । ‘नगरपालिका टोलीले रामग्राम स्तुप क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न लागत स्टिमेटसहित तयार पारेको योजना प्रस्तावलाई उक्त संस्थाले स्वीकारेपछि विज्ञसहितको टोली नेपाल आएर अध्ययन थालेको हो,’ नगर प्रमुख गुप्ताले भने ।

प्रकाशित : चैत्र ५, २०७४ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?