१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बस खस्दा १ को मृत्यु, १० घाईते

प्रकाश बराल

बागलुङ — बुटबलदेखि बागलुङको बुर्तिवाङ जाँदै गरेको रात्री बस मंगलबार बिहान दुर्घटना हुदाँ १ जनाको  मृत्यु भएको छ । घटनामा १० जना घाइते छन् ।

बस खस्दा १ को मृत्यु, १० घाईते

लु १ ख ७४३९ नम्बरको बस बिहान साँढे ४ बजे ढोरपाटन नगरपालिका–१ खप्तरीवाङमा सडक देखि २५ फीट तल बडिगाढ खोलामा खसेको थियो । घटनामा मृत्यु हुने अन्दाजी ६५ वर्षीय महिला छन् । उनको सनाखत हुन सकेको छैन । उनलाई खोलाले बगाएर २ सय मिटर तल पुर्‍याएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका निरीक्षक कृष्ण रानाले बताए ।

चालक माधव थापा सहित १० जना घाइते भएका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालयकै गाडीमा राखेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पुर्‍याइएको थियो । घाइतेहरुको अहिले केन्द्रमा उपचार भैरहेको छ । उनीहरु मध्ये गम्भिर घाईते भारतको रतनपुरा बस्ने ३३ वर्षीय मुस्तेतार अलीलाई थप उपचारका लागि बुटवल पठाइएको छ । उनको टाउकोमा गम्भिर चोट छ भने करङ भाँचिएकोले बुर्तिवाङमा उपचार हुन नसकी रिफर गरिएको हो ।


रात्री बस भएकोले चालक निदाएको वा सहचालकले चलाएको लगायतका विवाद उठेका छन् । घाइते यात्रीहरुले सहचालकले चलाएको आरोप लगाएका छन् । अनुसन्धान भैरहेको र चालक पनि घाईते भएकोले यकिन गर्न नसकिएको प्रहरी निरीक्षक रानाले बताए ।

प्रकाशित : चैत्र ६, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?