कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

दुर्घटनामा साइकल यात्रीको मृत्यु

रवीन्द्र उप्रेती

महोत्तरी — ट्रयाक्टरको ठक्करबाट जलेश्वर बर्दिवास सडक खण्डको रामगोपालपुर-३ स्थित दोलाठीमा बुधबार अपरान्ह एक साइकल यात्रुको मृत्यु भएको छ । 

१३ वर्षीय मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । रामगोपालपुर ट्राफिक प्रमुख श्याम माझीकाअनुसार इँटा बोकेर जलेश्वरतर्फ आउँदै गरेको ५६४ नम्बरको ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेका साइकल यात्रीलाई धक्का दिएको थियो ।


ठक्करले लडेका यात्रीको टाउकोमाथि ट्रयाक्टरको चक्का चढनाले उनको घटनास्थलमे मृत्यु भएको माझीले जनाए । चालकसहित ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : चैत्र ७, २०७४ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?