एसईई परीक्षा – दुई जिल्लाकाे एउटै कोड 

नवलपरासी — पुर्वी र पश्चिम नवलपरासी बनेका दुई जिल्लामा परीक्षा नियन्त्रण कार्यायलले एसईई परीक्षाको एउटै मात्र कोड दिएको छ । यसले दुवै जिल्लाका विद्यार्थीले एउटै जिल्लाको रुपमा परीक्षामा सहभागी भएका छन् ।

एसईई परीक्षा – दुई जिल्लाकाे एउटै कोड 

जिल्ला प्रशासन, अदालत र अन्य सरकारी कार्यालय दुई/दुईवटा भएपनि पुर्वी र पश्चिम नवलपरासीमा जिल्ला शिक्षा कार्यालय भने एउटै छ । प्रदेश ४ र ५ मा विभाजित भएर दुई वटा जिल्ला भए पनि साविकको जिल्ला शिक्षा कार्यालय नवलपरासीले नै शिक्षा सम्बन्धि काम गरिरहेको जिल्ला शिक्षा कार्यालय पश्चिम नवलपरासीका परीक्षा शाखाका चेतनशिल लम्सालले जानकारी दिए । ‘केन्द्रबाट दुवै जिल्लाका लागि एउटा ०४४ कोड प्राप्त भएकाले एउटै जिल्लाको रुपमा परीक्षा हुनेछ,’ उनले भने ।

पुर्व र पश्चिम नवलपरासीमा गरेर नियमिततर्फ १० हजार ९ सय ४४ जना, एक्जाम्टेड २ सय ३० र प्राविधिक तर्फ २ सय ७० विद्यार्थी सहभागी हुनेछन् । पश्चिममा १७ र पुर्वमा २४ परीक्षा केन्द्र तोकिएका छन् ।


दोलखामा तीन हजार सात सयले परीक्षा दिदै

दोलखा— एसईई परीक्षामा दोलखावाट ३ हजार ७ सय २० जना सहभागी भएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार नियमिततर्फ ३ हजार ६ सय ३७ र एक्जेम्टेटतर्फ ८३ जना सहभागी छन् । दोलखामा १९ वटा केन्द्रमा परीक्षा सुरु संचालन भईरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।


पुर्वमा १ लाख ३ हजार ३ सय

धनकुटा– क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटा मातहतका पुर्वका १६ जिल्लाबाट एसईई परीक्षाामा १ लाख ३ हजार ३ सय ४० परीक्षार्थी सामेल हुँदैछन् । उक्त संख्या अघिल्लो वर्षको भन्दा करिब साढे १३ हजार कम हो ।


परीक्षामा नियमिततर्फ ९६ हजार ५ सय ७८ र एक्जाम्टेडतर्फ ६ हजार ७ सय परीक्षार्थी ६२ सामेल हुने निर्देशनालयका परीक्षा तथा मुल्यांकन शाखाका अधिकृत दिपक श्रेष्ठले बताए । साविकको पूर्वाञ्चल विकास क्षेत्रका करिब दुई हजार विद्यालयका विद्यार्थी परीक्षामा सामेल हुँदैछन् । जसमा ४ सय ४६ कुल परीक्षा केन्द्र कायम गरिएका छन् ।


दुई हजार परिक्षार्थी अयोग्य


पुर्वका १६ जिल्लाबाट करिब दुई हजार परीक्षार्थी अयोग्य भएका छन् ।


झापाबाट २ सय ५२, इलामबाट १ सय ६१, ताप्लेजुङबाट १ सय १ धनकुटाबाट ९७, संखुवासभा ८०, तेह्रथुम ७१, खोटाङ ६९, ओखलढुंगा ६४, उदयपुर ४७ र सोलु ३६ रहेका छन् । भोजपुर, मोरङ, सुनसरी, पॉचथर, सप्तरी र सिरहाबाट भने तथ्यांक प्राप्त नभएको निर्देशनालय स्रोतले जनाएको छ । विद्यालयमा एक शैक्षिक सत्रमा ७५ प्रतिशत हाजिर नभएका, परीक्षा फारम नभर्ने लगायत अवस्थामा परीक्षार्थी परीक्षा दिनबाट बञ्चित हुने व्यवस्था छ ।


प्रदेश ७ मा ५५ हजार २२८ परिक्षार्थी

डोटी– प्रदेश ७ बाट एसईई परिक्षामा ५५ हजार २ सय २८ परीक्षार्थीहरु सहभागि हुँदैछन् ।


गत भन्दा यो बर्ष ७ हजार ४ सय ९८ परीक्षार्थी कम छन् । क्षेत्रीय शिक्षा निर्देशनालय परीक्षा फाँटका मोहन बहादुर कठायतका अनुसार एक हजार ४९ बिद्यालयका बिद्यार्थीहरु २ सय ५ वटा केन्द्रबाट परीक्षा भईरहेको छ ।

प्रकाशित : चैत्र ८, २०७४ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?