१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चेलीबेटी बेचविखन मुद्दामा ३ जनालाई कैद र जरिवाना

नुवाकोट — नुवाकोट जिल्ला अदालतले चेलीबेटी बेचविखनमा संलग्न रहेको ठहर गर्दै साविक घ्याङफेदी गाविसका ३ जनालाई कैद सजायको फैसला सुनाएको छ । 

सजाय पाउनेमा साविक घ्याङफेदी गाविस–४ का सुनबहादुर तामाङ, वडा ५ का टिकाराम तामाङ र वडा ६ का सुकमान तामाङ छन् ।


बुधबार जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले सुनबहादुरलाई ३७ वर्ष ६ महिना, सुकमानलाई ३२ वर्ष ३ महिना २३ दिन र टिकारामलाई ३० वर्ष कैद र जनही २ लाख ५० हजार रुपैया जरिवाना तोकेको श्रेस्तेदार महिमानसिंह बिष्टले बताए ।


प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले सुनबहादुरलाई गत पुष पहिलो साता गाउँबाटै पक्राउ गरेको थियो । उनी बिरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अन्य मुद्दा समेत दायर भएको छ ।


एकै प्रकृतिका आरोपी अवतार तामाङ, पासाङ तामाङ र राधा तामाङको मुद्दा भने अदालतमा विचाराधीन छ । मानव बेचविखन मुद्दामा यो जिल्लाकै पहिलो ठूलो फैसला भएको अदालतले जनाएको छ ।

प्रकाशित : चैत्र ९, २०७४ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?