कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बारप्रति असन्तुष्टि

नेपालगन्ज — कानुन व्यवसायीले आफ्नै छाता संगठन बार एसोसिएसनको पछिल्लो कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । उनीहरूले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवाद र सुशीला कार्कीमाथि महाअभियोग लगाइएका दुवै घटनामा बार मौन बसेकोमा आपत्ति जनाएका हुन् । 

‘प्रधानन्यायाधीशको जन्ममिति विवादलाई लिएर न्यायालयमाथि प्रश्न उठिरहँदा बार नबोलेपछि नैतिकतामाथि प्रश्न उठ्यो,’ बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले भने, ‘बार चुकेकै हो ।’


नेपालगन्जमा सुरु नेपाल बारको १४ औं राष्ट्रिय सम्मेलनमा सहभागी कानुन व्यवसायीले बारको पछिल्लो कार्यशैलीप्रति आक्रोश पोखेका हुन् । सम्मेलनमा ३ हजार बढी कानुन व्यवसायी सहभागी छन् ।


वरिष्ठ अधिवक्ता तथा पूर्वअध्यक्ष शम्भु थापाले सबै प्रकरणमा बारको भूमिका विवादास्पद रहेको आरोप लगाए । उनले अध्यक्ष शेरबहादुर केसीले बारलाई विभाजित गरेको आरोपसमेत लगाए ।


पूर्वसभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले पनि बारको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाए । वरिष्ठ अधिवक्ता तथा पूर्वअध्यक्ष हरिहर दाहालले पछिल्लो समयमा न्यायालयमा विकृति बढ्दै गएकाले बार गम्भीर हुनुपर्ने सुझाव दिए । सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बार एसोसिएसनले स्थापनाकालदेखिको गरिमा कायम राख्न सुझाव दिइन् ।

प्रकाशित : चैत्र १०, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?