युवाहरुले सुन्धारमा खोले पिस प्वाइन्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — युवाहरुको लगानीमा काठमाडौंको सुन्धारमा ‘पिस प्वाइन्ट फुडल्याण्ड’ सुरु भएको छ ।

विजय क्षेत्रीसहितका युवाहरुले करिव ८२ लाख रुपैयाँको लगानीमा ‘पिस प्वाइन्ट फुडल्याण्ड’ सुरु गरेका हुन् । उनले सुन्धारमा रहेका रेस्टुरेन्टभन्दा आफूहरुले फरक टेस्ट दिने प्रयास गरेको बताए ।

रेस्टुरेन्ट नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि सञ्चालनमा आएको छ । फुडल्याण्डका प्रबन्धकसमेत रहेका क्षेत्रीले सुन्धारा क्षेत्रमा होटलहरुको संख्या उल्लेख्य रहे पनि स्तरीय रेस्टुरेन्टको अभाव रहेकाले त्यसलाई पूर्ति गर्न आफूहरुले फुडल्याण्ड सञ्चालन गरेको बताए ।

‘पिस प्वाइन्ट फुडल्याण्ड’लाई आगामी दिनमा अन्य स्थानमा पनि विस्तार गर्ने सोच रहेको क्षेत्रीले बताए ।


प्रकाशित : वैशाख ३, २०७५ २०:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेश ५ मा कर बृद्धि हुदैन : मन्त्री केसी

जनताको चाहना बमोजिम विकासका काम गर्न जनप्रतिनिधिलाई निर्देशन
काशीराम डाँगी

रोल्पा — प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सरकारलाई आर्थिक स्रोतको खाँचो भएपनि तत्कालै कर बृद्धि गर्ने योजना नभएको बताएका छन् ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी । तस्बिर : काशीराम/कान्तिपुर 

आन्तरिक स्रोत बढाउन कर बृद्धि गर्नुपर्ने चर्चा भइरहेका बेला मन्त्री केसीले करबढाउनेयोजना नभएको बताए । उनले कर बढाएर जनतामाथि अन्याय नगर्ने प्रतिबद्धता समेत जनाए ।

‘कर बृद्धि गर्नु भन्दा करको दायरा फराकिलो पार्ने योजना छ । त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ,’ रोल्पा उद्योग वाणिज्य संघको रजत वर्ष मनाउन सोमबार लिबाङमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री केसीले भने, ‘जनतालाई भार नपर्ने गरी कानुन बनाउने कार्यमा सरकार लागिपरेको छ ।’

मन्त्री केसीले प्रदेशभित्र अपराध, विकास, अन्याय, सामाजिक न्याय स्थापना लगायतका विषयमा कानुन बनाउने योजना रहेको बताए । उनले प्रदेश सरकारले स्थिति पत्र सार्वजनिक गरेकाले त्यसको आधारमा सबै क्षेत्रको विकास गर्ने योजना रहेको बताए ।

मन्त्री केसीले दोहोरो कर भए समाजमा असमानता बृद्धि हुने भन्दै अब दोहोरो कर नहुने बताए । उनले दुई महिनाभित्र कर लगायतका कानुन पारित गर्ने योजना रहेको सुनाए । ‘अन्तरप्रदेशीय कर निर्धारण संघीय सरकारले गर्ने भएकाले हामीले त्यसबाहेक कानुन बनाउनुपर्छ,’ मन्त्री केसीले भने । सदनमा कर पुनरावलोकन, सुरक्षा व्यवस्था, जनचाहना, विकास लगायतका बारेमा छलफल सुरु भइसकेको उनले बताए ।

प्रादेशिक बित्त आयोग र योजना आयोग गठन गरिएको बताउदै मन्त्री केसीले कानुन आयोग निर्माणबारे छलफल सुरु भएको बताए । उनले रोल्पा, रुकुम र प्युठानलाई अर्गानिक जोनका रुपमा विकास गरिने योजना सुनाए ।

अधिकार विकेन्द्रीकरण भएकाले स्थानीय तहमा विकासको गति बढाउनु पर्ने समय आएको मन्त्री केसीले जनप्रतिनिधिलाई सुझाव दिए । ‘प्रदेशभित्रका सबै जिल्ला बीच समन्वय गरेर समग्र विकास गर्नु पर्नेछ,×’ उनले भने ।

उनले स्थानीय तहलाई जनताको पक्षमा काम गर्न निर्देशन दिदै जनप्रतिनिधिलाई जनताको सहयोगी भएर काम गर्न आव्हान गरे । ‘गास, बास र कपास लगायतको समस्याबारे गम्भीर भएर त्यसको पूर्ति गर्ने तर्फ लाग्न स्थानीय तहका प्रतिनिधिलाई आग्रह छ,’ उनले भने, ‘जनताको विकासलाई नै मुख्य प्राथमिकतामा पार्नु पर्छ ।’

कार्यक्रममा प्रदेश सांसद दीपेन्द्रकुमार पुनमगर, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिका ढकाल, केन्द्रीय सदस्यहरु किशोर आचार्य, धु्रव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर महरा, जिल्ला समन्वय समितिका संयोजक राजबहादुर बुढामगर लगायतले शुभकामना दिए । रोल्पा उद्योग वाणिज्य संघको सातौं कार्यसमितिका अध्यक्षमा विश्वकुमार चन्द निर्बिरोध निर्वाचत भएका छन् ।

प्रकाशित : वैशाख ३, २०७५ २०:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT