कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

महालेखा प्रतिवेदन कार्यान्वयन गर्न ध्यानाकर्षण

काठमाडौँ — ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमाथि तत्काल कारबाही थाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महालेखा प्रतिवेदन कार्यान्वयन गर्न ध्यानाकर्षण

महालेखाले हरेक वर्ष बेरुजुको प्रतिवेदन निकाल्ने तर संसदको सार्वजनिक लेखा समितिमा वर्षौंदेखि खुला रूपमा छलफलसमेत नहुने अवस्था देखिएको भन्दै ट्रान्सपरेन्सीले बेरुजुबारे अग्रसरता लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।


‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ भन्ने प्रधानमन्त्रीले प्रतिवेदनमा उठाइएका गम्भीर विषयवस्तुबारे कारबाही गर्न आफैं तदारुकता लिनुपर्छ,’ ट्रान्सपरेन्सी अध्यक्ष श्रीहरि अर्यालले कान्तिपुरसित भने, ‘प्रतिवेदनमा औंल्याइएका विकृति–विसंगति नियन्त्रणका लागि तत्काल निर्णय गरिहाल्नुपर्छ ।’

प्रकाशित : वैशाख ३, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?