मूल्यांकन समितिबाट राजीनामा

कान्तिपुर संवाददाता

सुनसरी — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटी रजिष्ट्रार अमित श्रीवास्तवले मूल्यांकन समितिको संयोजक र प्रतिष्ठानको सचिवालय प्रमुखको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

अब उनी प्रतिष्ठानको डेपुटी रजिष्ट्रारका रूपमा मात्र रहने छन् । उनी लामो समयदेखि मूल्यांकन समितिको संयोजक भएर काम गर्दै आएका थिए । प्रतिष्ठान स्रोतका अनुसार रजिष्ट्रार तुलबहादुर श्रेष्ठसँग तालमेल नमिलेकाले पदावधि सकिन केही महिना छँदै मूल्यांकन समितिको संयोजक र सचिवालय प्रमुखबाट श्रीवास्तवले राजीनामा दिएका हुन् ।



प्रकाशित : वैशाख ३, २०७५ २०:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

युवाहरुले सुन्धारमा खोले पिस प्वाइन्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — युवाहरुको लगानीमा काठमाडौंको सुन्धारमा ‘पिस प्वाइन्ट फुडल्याण्ड’ सुरु भएको छ ।

विजय क्षेत्रीसहितका युवाहरुले करिव ८२ लाख रुपैयाँको लगानीमा ‘पिस प्वाइन्ट फुडल्याण्ड’ सुरु गरेका हुन् । उनले सुन्धारमा रहेका रेस्टुरेन्टभन्दा आफूहरुले फरक टेस्ट दिने प्रयास गरेको बताए ।

रेस्टुरेन्ट नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि सञ्चालनमा आएको छ । फुडल्याण्डका प्रबन्धकसमेत रहेका क्षेत्रीले सुन्धारा क्षेत्रमा होटलहरुको संख्या उल्लेख्य रहे पनि स्तरीय रेस्टुरेन्टको अभाव रहेकाले त्यसलाई पूर्ति गर्न आफूहरुले फुडल्याण्ड सञ्चालन गरेको बताए ।

‘पिस प्वाइन्ट फुडल्याण्ड’लाई आगामी दिनमा अन्य स्थानमा पनि विस्तार गर्ने सोच रहेको क्षेत्रीले बताए ।


प्रकाशित : वैशाख ३, २०७५ २०:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT