कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

हिमालय टेलिभिजनसँग तीन बुँदे सहमतिपछि महासंघको आन्दोलन स्थगित  

काठमाडौँ — श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारहरुलाई स्थायी नियुक्ति, सेवा सुविधा दिन हिमालय टेलिभिजन सहमत भएपछि नेपाल पत्रकार महासंघले आन्दोलन स्थगन गरेको छ ।

हिमालय टेलिभिजनसँग तीन बुँदे सहमतिपछि महासंघको आन्दोलन स्थगित  

टेलिभिजनका कार्यकारी निर्देशक च्याङ अग्रवालसहितका व्यवस्थापनसँग पत्रकार महास‌ंघले बिहीबार ३ बुँदे सहमति गरी चैत ५ गतेदेखि सुरु भएको आन्दोलन रोकेको हो । महासंघका केन्द्रीय सदस्य तथा श्रमजीवी पत्रकार हित प्रवर्द्धन समिति सदस्य टिकाराम प्रधानका अनुसार हिमालय टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार-कर्मचारीहरुको हकहित, सेवा, शर्त र सुविधाका विषयमा सहमति भएको छ । प्रतिबद्धताअनुसार सहमति कार्यान्वयन नभए महासंघले पुन: आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।


सहमतिपत्रमा उक्त टेलिभिजनमा कार्यरत पत्रकार तथा कर्मचारीहरुलाई श्रमजीवी पत्रकार ऐन २०५१, नियमावली- २०६४ मा भएको व्यवस्थाअनुसार स्थायी, तहगत वर्गीकरण अनुसारको पारिश्रमिक, बिदा, उपदान, सञ्चयकोष लगायतका सेवा शर्त तत्काल उपलब्ध गराउने उल्लेख छ । त्यस्तै २०७५ जेठ महिनाभित्रै २ सय ४० दिन काम गरिसकेकाहरुलाई स्थायी नियुक्ति प्रदान गर्ने र आगामी साउन १ गतेदेखि सञ्चयकोष उपलब्ध गराउने सहमति पनि भएको छ ।


हिमालय टेलिभिजनबाट हटाइएकी पत्रकार सन्ध्या केसी (विमला) लाई सेवामा निरन्तरता दिइसकेको सन्दर्भमा पूर्ववत् जिम्मेवारी दिई पाउनुपर्ने पारिश्रमिक तथा सेवा सुविधा दिन पनि टेलिभिजन सहमत भएको समिति सदस्य प्रधानले बताए ।

प्रकाशित : वैशाख ६, २०७५ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?