१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रहरीलाई पैसा नदिँदा कुटपिट

देवनारायण साह

मोरङ — इलाका प्रहरी कार्यालय फडानी, विराटनगर-१८ का प्रहरी सहायक निरीक्षक ललन यादवमाथि होली र नयाँ वर्ष मनाउन माग गरेको ३० हजार नदिदा कुटपिट एक कथित दलित परिवारलाई कुटपिट गरेको आरोप लागेको छ । 

प्रहरीलाई पैसा नदिँदा कुटपिट

विराटनगर-१८ फडानीका रामप्रसाद ऋषिदेवले आफू र आफ्ना छोरा अनिलसँग सइ यादवले होली र नयाँ वर्षमा पटकपटक ३० हजार मागेको आरोप लगाए । ‘सइ यादवले माग गरेको रकम नदिँदा वैशाख २ गते बिना कसुरमा सइ यादवलगायतका प्रहरीले सपरिवारलाई निर्घात कुटपिट गरे,’ उनले भने, ‘आफ्नो खेतमा हलो जोत्ने क्रममा छिमेकी छटु बंगालीसँग जग्गाको सीमाको विषयमा सामान्य विवाद हुँदा प्रहरी आएर कुटपिट गरे ।’


सइ यादवले कुटपिट गर्दै समातेर इलाका प्रहरीभित्र लगेर थुनेको ३० हजार रुपैयाँ दिने सर्तमा २ घण्टापछि आइन्दा विवाद नगर्ने भन्दै कागज गराएर छोडेको ऋषिदेवले बताए । प्रहरीले छुटाउन गएकी आफ्नी पत्नी, छोरी, छोराहरु र ज्वाइलाई निर्घात कुटपिट गर्दै दुई छोरा र आफूलाई समातेको उनी बताउँछन् । सइ यादव र प्रहरी जवान दिनेश यादवले मुसहर भन्दै अभद्र गालीगलौजसमेत गरेको उनले गुनासो पोखे ।


‘सइ यादवले उक्त रकम लिन स्थानीय पंकज यादवलाई पठाएको र पटक पटक फोन गर्न लगाइरहेको छ र पंकजले फोन गरेको मोवाइलमा रेकर्ड पनि छ,’ उनले भने, ‘आफूले सइ यादवलाई नै रकम दिन खोज्दा आफ्नो हातबाट लिन मानेनन् ।’ फोन रेकर्डमा पंकजले ऋषिदेवका छोरा अनिललाई फोन गरेर ललन सइ साहेबले भनेको ३० हजार रकम तत्काल दिनुपर्ने भनेको सुनियो । पंकजले अनिलसँग सइ यादवका लागि रकम मागेको स्विकारे ।


घटनाका प्रत्यक्षदर्शी ६५ वर्षीया बिल्टीदेवी दासले सामान्य विवाद भइरहेको बेला प्रहरी अचानक आएर रामप्रसादको सपरिवारलाई भाटाले निर्घात कुटपिट गरेको बताइन् ।


सइ यादवले इलाका प्रहरीदेखि ५० मिटरको दुरीमा जग्गासम्बन्धी विवादमा कोदालो हानाहान गर्न खोजेपछि छुटाउन प्रहरी गएको बताए । ‘सुरुमा प्रहरी हवल्दार जोगेन्द्र उराव र प्रहरी जवान दिनेशले विवाद छुटाउन खोज्दा रामप्रसादले हातपात गरेकोले थप प्रहरी पठाएर नियन्त्रणमा लियौं,’ उनले भने, ‘गाउँ ठाउँमा प्रहरीले पनि मिलेर बस्नु पर्ने भएकोले सामान्य कागज गराएर छोडेका छौं ।’ उनले रामप्रसाद र उनका छोरासँग आफूले कुनै किसिमको पैसाको माग नगरेको दाबी गरे । सइ यादवले उनीहरुलाई कुटपिटसमेत नगरेको बताए पनि इलाका प्रहरीमा कार्यरत अन्य प्रहरीहरुले कुटपिट भएको बताए ।


जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण बिसीले घटनाको बारेमा आफूलाई जानकारी प्राप्त भएपछि छानबिन गरिरहेको बताए । छानबिनमा प्रहरकिो गल्तीदेखिए कारबाही गर्ने उनले प्रतिबद्धता जनाए ।

प्रकाशित : वैशाख ७, २०७५ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?