कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फरार अभियुक्त १९ वर्षपछि पक्राउ

रासस

गुलरिया, बर्दिया — उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ । 

फरार अभियुक्त १९ वर्षपछि पक्राउ

गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषीमध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । पौडेललाई २०५५ चैत १६ गते आपसी लेनदेनका विषयमा विवादपछि हत्या गरिएको थियो । ढकाललाई जिल्ला अदालतले २०५८ माघ २२ मा २० वर्ष कैद फैसला सुनाएको थियो । उनी बुटवलमा बस्दै आएका थिए ।


पौडेल हत्याका पाँच आरोपितमध्ये दुई जनालाई अदालतले सफाइ दिएको छ । अन्य दुई अझै फरार छन् । पौडेलको शव हत्या गरी गहुँबारीमा फालिएको अवस्थामा १३ दिनपछि फेला परेको थियो ।

प्रकाशित : वैशाख ११, २०७५ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?