१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चितुवाको हड्डीसहित एक पक्राउ

काठमाडौँ — चितुवाको छाला र हड्डी कारोबार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मकवानपुरका नक्कलबहादुर बललाई ५ किलो ७ सय ग्राम चितुवाको हड्डीसहित  मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।

चितुवाको हड्डीसहित एक पक्राउ

प्रहरीले अभियुक्त बलले चलाइरहेको बा ४२ प ८८१० नम्बरको निलो पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका ५४ वर्षीय बललाई कारबाहीको लागि ललितपुर जिल्ला वन कार्यालय, हात्तिवन पठाइएको छ । प्रहरीका अनुसार उनी यसअघि पनि वन्यजन्तु अंग कारोबारीको आरोपमा नियन्त्रणमा परेर रिहा भएका थिए ।


राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कसुर गर्नेलाई ५ लाखदेखि १० लाखसम्म जरिवाना तथा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।


प्रकाशित : वैशाख २५, २०७५ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?