साउदी जेलमा रहेका पुन र घर्तीलाई रिहाइको माग

काठमाडौँ — ब्लडमनीको अभावमा साउदीको जेलमा रहेका गोरखाका कुमार पुन र रोल्पा निवासी दिलबहादुर घर्तीलाई उद्धार गरिदिन पीडित परिवारले आग्रह गरेको छ । 

साउदी जेलमा रहेका पुन र घर्तीलाई रिहाइको माग

बुधबार रिपोर्टर्स क्लब नेपालमा दिलबहादुर घर्ती र कुमार राना बचाउ अभियानले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै नेपाल झिकाउनका लागि आग्रह गरेको हो ।


कार्यक्रममा अखिल क्रान्तिकारी नेता समेत रहेका उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले कुमार राना र दिल बहादुरको जीवन सकुसल नेपाल ल्याउन आफूले पहल गर्ने बताए । उनले भने, ‘कुमार राना र दीलबहादुर दाईको परिवारले ढुक्क हुनुहोस् म उहाँहरुको उद्धारमा लागि सकेको छु, केही समय पर्खनुहोस् हाम्रो अभियानले सार्थकता पाउने छ । ’


नेपाल मगर संघका अध्यक्ष नविन घर्तीमगरले आवश्यकतामा रगत दिने नेपालीहरुले विदेशका जेलमा जीवन बिताइरहेका आफ्न्तलाई स्वदेश फिर्ता गर्ने कुरामा साथ र सहयोग हुनेमा आफू ढुक्क रहेको बताए ।


कुमार राना २०७२ सालमा चालकको रुपमा साउदी गएका थिए । त्यहाँ उनले चलाउने ट्रक रोकिरहेको अवस्था एउटा साउदी नागरिकले चलाउने कार ठोक्किएको थियो । ती नागरिकको उपचार साउदी स्थित कम्पनीले गर्‍यो । पछि उसले अदालतमा मुद्दा हालेर ब्लड मनी तिर्ने स्थितीमा पारेको रानाको श्रीमती अम्बिका रानाले बताइन् ।


दिलबहादुर घर्तीलाई दुई वर्षदेखि जेलमा छन् । घर्तीका श्रीमती मोनिका बुढाका अनुसार दिलबहादुरलाई पनि दुर्घटनाकै कारणमा जेलमा हालिएको हो ।

प्रकाशित : वैशाख २६, २०७५ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?