१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जिरी र छेन्दु नगरले सहकार्य गर्ने

काठमाडौँ — दोलखाको जिरी र छिमेकी चीनको छेन्दु नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ । दुई नगरबीच आपसी सम्बन्ध विस्तार गरी विकास निर्माणमा सहकार्य गर्ने निष्कर्ष बुधबार निकालिएको हो ।

जिरी र छेन्दु नगरले सहकार्य गर्ने

पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलको अगुवाईमा दुई नगरबीच भगिनी सम्बन्ध अघि बढाउने काम थालिएको हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेल र छेन्दु नगरपालिकाका उपमेयर वाङ्ग डुइ, नगरका पार्टी प्रमुख आबुबीच भगिनी सम्बन्ध अघि बढाउने निधो भएको हो । ‘केही समयमै हामी यसको अन्तिम निर्णय गर्छौं’, जिरी नगरपालिकाका मेयर जिरेलले भने ।


कार्यक्रममा पूर्वमन्त्री पोखरेल, नगरपालिकाका मेयर जिरेल, उपमेयर कृष्णमाया बुढाथोकी, मित्र जिरेल, जिरी नगरपालिकाका कार्यकारी प्रमुख चक्रपाणि शर्मासहितको सहभागिता थियो । पोखरेलले भगिनी सम्बन्ध स्थापनाबारे नेपालको सम्बन्धित निकायबाट सहमति मिलिसकेको जानकारी दिए ।


नेपाल चीन हिमालयन मैत्री समाजका अध्यक्ष समेत रहेका पोखरेलले भने–‘दुई नगरबीच भगिनी सम्बन्धको टुंगो लागिसकेको छ । हस्ताक्षर मात्र बाँकी हो ।’


प्रकाशित : वैशाख २६, २०७५ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?