२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१
उपत्यका

National

तराईमा भीषण हुरी

वर्षासँगै आएको हावाहुरीले एक महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिका–१२ मा हुरीले असन्तुलित भई दाउराको भारीले थिच्दा मंगलबार ३५ वर्षीया फूलवदनदेवीको घटनास्थलमै मृत्यु भएको हो ।

तराईमा भीषण हुरी

सिँचाइका ३ सय योजना अलपत्र

भेरी नगरपालिका–१३, कुदुको तीन सय हेक्टर खेतीयोग्य फाँट बाँझो छ । वडा नम्बर १०, भुरचौरको २ सय ४० हेक्टर जमिनको अवस्था पनि उस्तै । कुशे गाउँपालिका–८ मा दुई सय हेक्टर र बारेकोट गाउँपालिका–३ रोकायगाउँको १ सय ४० हेक्टर जमिनमा खेती हुन सकेको छैन ।

सिँचाइका ३ सय योजना अलपत्र

सिन्डिकेटकै पक्षमा निर्माण व्यवसायी

यातायात क्षेत्रको सिन्डिकेट खारेज भइसक्दा पनि निर्माण व्यवसायीले सिन्डिकेटकै पक्षमा लबिइङ थालेका छन् । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा नयाँ सिन्डिकेट कायम गर्ने गरी त्यसैअनुसार कानुन बनाउन दबाब दिएको हो ।

सिन्डिकेटकै पक्षमा निर्माण व्यवसायी

वन अध्ययन केन्द्रलाई ३० लाख

जनप्रतिनिधि, उपभोक्ता र विशेषज्ञहरूले वनको वैज्ञानिक व्यवस्थापन गरी आयस्रोत बढाउनुपर्ने बताएका छन् । सामुदायिक वन अवधारणा सुरु भएको चार दशक बिते पनि यसको आम्दानी सदुपयोग हुन नसक्दा उपभोक्ताको जीवनशैलीमा परिवर्तन नदेखिएको उनीहरूको भनाइ छ ।

वन अध्ययन केन्द्रलाई ३० लाख
वैशाख २६, २०७५

जिरी र छेन्दु नगरले सहकार्य गर्ने

दोलखाको जिरी र छिमेकी चीनको छेन्दु नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ । दुई नगरबीच आपसी सम्बन्ध विस्तार गरी विकास निर्माणमा सहकार्य गर्ने निष्कर्ष बुधबार निकालिएको हो ।

जिरी र छेन्दु नगरले सहकार्य गर्ने

साउदी जेलमा रहेका पुन र घर्तीलाई रिहाइको माग

ब्लडमनीको अभावमा साउदीको जेलमा रहेका गोरखाका कुमार पुन र रोल्पा निवासी दिलबहादुर घर्तीलाई उद्धार गरिदिन पीडित परिवारले आग्रह गरेको छ । 

साउदी जेलमा रहेका पुन र घर्तीलाई रिहाइको माग
वैशाख २५, २०७५

कान्तिपुरकर्मी मानन्धर सम्मानित

जनकपुर अञ्चलको सबैभन्दा जेठो मानिदै आएको भीमेश्वर नगरपालिका— १ सुस्पास्थित क्षेमावती माविले ७० औं स्थापना दिवसको अवसरमा कान्तिपुरकर्मी राजेन्द्र मानन्धरलाई सम्मान गरेको छ । 

कान्तिपुरकर्मी मानन्धर सम्मानित

चितुवाको हड्डीसहित एक पक्राउ

चितुवाको छाला र हड्डी कारोबार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मकवानपुरका नक्कलबहादुर बललाई ५ किलो ७ सय ग्राम चितुवाको हड्डीसहित  मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।

चितुवाको हड्डीसहित एक पक्राउ

हुलाकी मार्ग : वनको अटेरीले निर्माण अधुरै

कैलालीको धनगढीदेखि सत्ती–खक्रौलासम्मको ६२ किमि लामो हुलाकी सडकको निर्माण अझै पूरा भएको छैन । उक्त खण्डअन्तर्गत पर्ने वसन्ता जैविकमार्गका रूख कटान नहुँदा निर्माण अधुरै रहेको हो ।

हुलाकी मार्ग : वनको अटेरीले निर्माण अधुरै

क्षतिपूर्ति प्रक्रिया झन्झटिलो

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाले वन्यजन्तुले पुर्‍याउँदै आएको नोक्सानीको क्षतिपूर्ति ढिलो र निकै न्यून पाउने गुनासो गरेका छन् ।

क्षतिपूर्ति प्रक्रिया झन्झटिलो

गाउँभरि बिजुली ‘धराप’

पोल कुहिएको छ । तार झोलिएका छन् । थाहा छैन, कुन बेला करेन्ट चुहावट भएर घरमा फैलन्छ । रामेछापको पश्चिमी क्षेत्रका बासिन्दा यस्तै त्रासमा बाँच्न बाध्य छन् । वितरण लाइनबाट करेन्ट चुहिएर ३ वर्षको अवधिमा ७ जनाले ज्यान गुमाइसक्दा पनि स्थानीय निकायको कुनै ध्यान पुगेको छैन ।

गाउँभरि बिजुली ‘धराप’