टिफरको ठक्करबाट बालकको मृत्यु 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको रौतामाई गाउँपालिका–५ कालिमाटीमा बिहीबार दिउँसो टिफरको ठक्करबाट एक जना स्कुले बालकको घटनास्थलमै मृत्यु भएको छ ।

सगरमाथा लोकमार्ग अन्तर्गतको गाईघाट–दित्तेल सडकखण्डको कालिमाटीमा ना ३ ख ८५७४ नम्बरको टिफरको ठक्करबाट स्थानीय तिलक राईका ११ वर्षीय छोरा निगम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Yamaha

बाल कालिका माध्यमिक विद्यालयमा कक्षा ४ अध्ययनरत थिए। टिफिनको समयमा खेल्दै गरेका निगमलाई टिप्परले ठक्कर दिएको थियो।

उदयपुर र खोटाङको सिमास्थल फोक्सिनाटरबाट डाडाँगाउँतर्फ गिटी लिएर आउँदै गरेको रौता कन्स्ट्रक्सनको टिफरले बालकलाई ठक्कर दिएको हो।

प्रकाशित : वैशाख २७, २०७५ १५:१६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एग्रोफर्ममा विस्फोट

रासस

स्याङजा — स्याङजाको भिरकोट नगरपालिका–७ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफर्ममा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ । 

दैनिक डेढ लाखभन्दा बढी अण्डा उत्पादन गर्दै आएको खिलुङ कालिका एग्रोफर्ममा मध्यरातको समयमा विस्फोट भएको तर कसले किन विस्फोट गराएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

विस्फोटबाट फर्ममा रहेको जेनेरेटर तथा जेनेरेटर राख्नका लागि बनाइएको टहरामा क्षति भएको छ । एग्रोफर्ममा रहेका १०/१२ जना कामदारले विस्फोट भएपछि मात्रै थाहा भएको बताएका छन् ।

नजिकै मकैबारीबाट आएर फर्मलाई लक्षित गरी विस्फोट गराइएको र विस्फोट भएको ठाउँमा फलामका टुक्राहरु देखिएकाले कस्तो प्रकारको बम हो भन्ने यकिन हुन नसकेको प्रहरीले बताएको छ ।

केही दिनअघि मात्रै खिलुङ कालिका एग्रोफर्मले गल्याङ नगरपालिका–७ मा सुली डम्पिङ गरेको स्थलबाट विषादी आँधीखोलामा फाल्दा आँधीखोलामा रहेका माछालगायत अन्य जलचर प्राणीको विनाश भएको थियो ।

विनाशपछि गल्याङ तथा आसपासका प्रभावित क्षेत्रका बासिन्दाले वातावरणीय क्षेत्रमा गम्भीर खेलबाड गरेको भन्दै आक्रोशित भई कडा कारबाहीको माग गरेका थिए ।

प्रकाशित : वैशाख २७, २०७५ १५:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT