कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिफरको ठक्करबाट बालकको मृत्यु 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको रौतामाई गाउँपालिका–५ कालिमाटीमा बिहीबार दिउँसो टिफरको ठक्करबाट एक जना स्कुले बालकको घटनास्थलमै मृत्यु भएको छ ।

टिफरको ठक्करबाट बालकको मृत्यु 

सगरमाथा लोकमार्ग अन्तर्गतको गाईघाट–दित्तेल सडकखण्डको कालिमाटीमा ना ३ ख ८५७४ नम्बरको टिफरको ठक्करबाट स्थानीय तिलक राईका ११ वर्षीय छोरा निगम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


बाल कालिका माध्यमिक विद्यालयमा कक्षा ४ अध्ययनरत थिए । टिफिनको समयमा खेल्दै गरेका निगमलाई टिप्परले ठक्कर दिएको थियो ।


उदयपुर र खोटाङको सिमास्थल फोक्सिनाटरबाट डाडाँगाउँतर्फ गिटी लिएर आउँदै गरेको रौता कन्स्ट्रक्सनको टिफरले बालकलाई ठक्कर दिएको हो ।

प्रकाशित : वैशाख २७, २०७५ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?