३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सांसद तामाङद्वारा पाँच लाखको अक्षय कोष स्थापना

काठमाडौँ — प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले आफ्ना आमा र बुवाको नाममा अक्षयकोष स्थापना गरेका छन् ।

सांसद तामाङद्वारा पाँच लाखको अक्षय कोष स्थापना

उनले आफ्नो गृहजिल्ला नुवाकोटको पञ्चकन्या गाउँपालिका-३ स्थित पञ्चकन्या माध्यमिक विद्यालयअन्तर्गत रहने गरी ५ लाख रुपैयाँको ‘माइते तामाङ–श्रीमाया तामाङ र सहिदहरुको सम्मान तथा स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् ।


उक्त अवसरमा सांसद तामाङले सरकारले जारी गरेको 'एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ नारा अनुरुप त्यसै विद्यालय कक्षा २ का जुन बिक र कक्षा ३ की सम्झना तामाङको अभिभावकत्व ग्रहण गरेका छन् । ती बालबालिकाको आधारभूत तहसम्मको शिक्षाका निम्ति स्टेसनरी, विद्यालय पोसाकको खर्च व्यहोर्ने जनाएका छन् । अक्षय कोषको रकम पाँच वर्षे कार्यकालमा आफूले प्राप्त गर्ने तलब, सुविधाबाट सञ्चित गरी उपलब्ध गराउने सांसद् तामाङले स्पष्ट पारे ।


कार्यक्रममा सांसद तामाङले अनिवार्य नि:शुल्क आधाभूत शिक्षा सरकारको अभियान सार्थक तुल्याउन सबै तहका जनप्रतिनिधि एवम् नेतृत्वपङ्ती, सामाजिक व्यक्तित्व र सरकारी कर्मचारीहरु लाग्नु पर्नेमा जोड दिए ।


पूर्वमन्त्री एव‌ं माओवादी केन्द्रका नेता तामाङ नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित सांसद् हुन् ।

प्रकाशित : वैशाख २७, २०७५ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?