भारतीय सांसदको ट्विटप्रति कांग्रेसको आपत्ति

श्यामसुन्दर शशि

जनकपुर — भारतीय जनता पार्टीका सांसद एवं पूर्वक्रिकेटर किर्ती आजादको नेपाल सम्बन्धि दिएको अभिव्यक्तिलाई लिएर कांग्रेसले आपत्ति जनाएको छ ।  नेपाली कांग्रेस धनुषाले आइतबार पत्रकार सम्मेलन गर्दै आजादको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । 

भारतीय सांसदको ट्विटप्रति कांग्रेसको आपत्ति

भाजपा सांसद आजादले मोदीको जनकपुर भ्रमणलाई लक्षित गरी आफ्नो ट्विटरमा जनकपुर (प्राचिन मिथिला ) भारतीय भूभाग भएको र यस भू–भागलाई फिर्ता लिनुपर्ने उल्लेख गरेको छ ।


उनले लेखेका छन्, ‘आदरणीय नरेन्द्र मोदीजी , जनकपुरधाम मिथिलाको राजधानीमा तपाईँलाई स्वागत छ । २ सय वर्ष अघि अंग्रेज र नेपाल सरकार बीच भएको सन्धीमा मिथिलाको भूभाग नेपाललाई दिइएको थियो , यस सन्धीको समय समाप्त भयो । अनुरोध छ , यस भूभागलाई फिर्ता लिई , मातासीतालाई सम्मान गर्दै मिथिलाराज्यको गठन गरौँ ।’


नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवले भाजपा सांसद किर्ती आजादको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै दुई देश बीचको सम्बन्ध बिगार्न खोज्ने आजाद प्रवृतिका नेताहरुसँग सावधान रहन आग्रह गरेका छन् । उनले भने ,‘ यस्ता अराजक अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध बिग्रन सक्छ । आजाद जस्तो गैरजिम्मेवार नेताले आफ्नो अभिव्यक्ति फिर्ता लिनु पर्दछ ।’


भाजपा सांसद आजादको यो अभिव्यक्ति सार्वजनिक भए लगतै कांग्रेस उपसभापति विमलेन्द्र निधीले फेसबुक तथा ट्विटर कडा आपत्ति जनाएका थिए । निधीले प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमनत्रीे नरेन्द्र मोदी सरकारसँग अविलम्ब कारवाहीको माग गरेका थिए ।

प्रकाशित : वैशाख ३०, २०७५ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?