सिलिण्डर पड्किएर आगलागी

प्रतिक्षा काफ्ले

स्याङजा — यहाँको कालीगण्डकी गाउँपालिका–१ चण्डी भन्ज्याङ्मा रहेको एक किराना पसलमा सिलिण्डर ग्यास अचानक पड्कन जाँदा आगलागी भएको छ । 

सिलिण्डर पड्किएर आगलागी

गएराती १ बजेको समयमा स्थानीय चोकप्रसाद श्रेष्ठको किनारा पसलमा रहेको ग्यास सिलिण्डर पड्किएको हो । उक्त सिलिण्डर कसरी पड्कन पुग्यो भन्ने कारण चाँही नखुलेको प्रहरीले बतायो ।


प्रहरीका अनुसार टिनले छाएको घुम्ती किराना पसलमा आगलागीले २ लाख ९० हजार रुपैयाँ बराबरको नोक्सानी गरेको प्रारम्भिक अनुमान छ ।


प्रकाशित : वैशाख ३१, २०७५ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?