कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

३३ वर्षपछि बलात्कारी पक्राउ

हेटौंडा — बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेका तर ३३ वर्षदेखि फरार रहेकालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर गढी गाउँपालिका ४, फिर्केपाखाका रामशरण थापालाई प्रहरीले पक्राउ गरेको हो ।

३३ वर्षपछि बलात्कारी पक्राउ

मकवानपुर गढी गाउँपालिका ४, फिर्केपाखाका रामशरण थापालाई प्रहरीले पक्राउ गरेको हो । थापालाई २०४२ जेठ ९ गते जिल्ला अदालत मकवानपुर बलात्कार गरेको ठहर गर्दै ७ वर्ष कैदको फैसला गरेको थियो ।

२०४० सालमा थापाले हाडनाता पर्ने गाउँकी एक युवतीलाई जंगलमा बलात्कार गरेका थिए । बलात्कारपछि उनी फरार थिए । उनले आफ्नो नाम परिवर्तन गरी गाउँमा बसेका थिए ।

प्रकाशित : जेष्ठ २, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?