सञ्चार क्लबलाई जग्गा

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपालको भवन निर्माणका लागि ५ कठ्ठा जग्गा निःशुल्क रुपमा प्राप्त भएको छ । 

बुधबार क्लबको भवन निर्माणका लागि उर्लावारीका अमृततामाङ, ज्ञानु बाँस्कोटा र ज‌ंगबहादुर कार्कीले २५ लाख बराबरको जग्गा प्रदान गरेको सञ्चार क्लबको अध्यझ सरोज बस्नेतले जानकारी दिए ।

उर्लाबारी नगरपालिकाको बस पार्क निर्माणस्थल नजिकै रहेको उक्त जग्गामा क्लबले सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको छ ।

प्रकाशित : जेष्ठ २, २०७५ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्

मणिग्राममा गोली चल्यो एक युवा घाइते

अमृता अनमोल

बुटवल — रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा राममणी क्याम्पस नजीक एक युवामाथि गोली प्रहार भएको छ । 

अज्ञात समुहले गरेको गोली प्रहारबाट मजदुरीमा संलग्न रामकेश धवल घाइते भएका हुन् । ढाडमा गोली लागेका घाइतेको अवस्था गम्भीर रहेको रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए । कोटहीमाई गाउँपालिका ४ का ४१वर्षे धवलले राममणी क्याम्पस नजीकै रहेको निर्माणाधिन घरमा निर्माण मजदुरीको काम गर्दै आएका थिए ।

प्रहरी प्रमुख ज्ञवालीका अनुसार रोटी बनाउदै गरेका धवलमाथि साझ करिब ७:५० मा गोली लागेको थियो । गोली प्रहारबाट गम्भीर बनेका धवललाई उनका साथी र स्थानीयले उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगेको छ । गोली कसले किन हानेको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख ज्ञवालीले बताए । गोली हान्ने व्यक्ति तथा समूहको खोजीका लागि घटना पछि त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : जेष्ठ २, २०७५ २०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्