कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्नेहा हत्या प्रकरण: तारिखमा छुटे मलामी

धनुषा — स्नेहाकुमारी यादव हत्या मुद्दामा मुछिएका चारजना साधारण तारिखमा छुटेका छन् । जिल्ला अदालत धनुषाले स्नेहाको मलामी गएका काकासहित चारैजनालाई तारिखमा छाडेको हो ।

स्नेहा हत्या प्रकरण: तारिखमा छुटे मलामी

जनकपुरस्थित नेपाल विद्युत् प्राधिकरणमा कार्यरत दिलीप यादवले आफ्नै छोरी स्नेहालाई चरम यातना दिएर हत्या गरी सबुत प्रमाण लुकाउन हतार–हतारमा अन्त्येष्टि गरेको आरोप छ । ती चारैजना अन्तिम संस्कारमा सहभागी भएपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । काठमाडौंस्थित नासा कलेजमा १२ कक्षा अध्ययनरत १९ वर्षीया स्नेहाको फागुन ९ गते हत्या भएको थियो ।

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तारिखमा रिहा गर्न आदेश गरेको छ । स्नेहाको हत्यापछि पोस्टमार्टम नगरी सहिद नगरपालिका–८ स्थित खोलामा अन्त्येष्टि गर्न सहयोग पुर्‍याएका मृतकका काका प्रदीपकुमार यादव, हेमशंकर माली, अजयकुमार मण्डल र जमुना मण्डललाई अदालतले तारिखमा रिहा गरेको हो । हत्या आरोपमा पक्राउ परेका बुवा दिलीप र देवेन्द्र भनिने राधेश्याम गोइतलाई जिल्ला अदालतले चैत २१ गते नै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालतबाट साधारण तारिखमा छुटेका आरोपित निवेदनसहित अदालतमा हाजिर भएका थिए । उनीहरू फरक–फरक मितिमा तारिखमा छुटेका हुन् ।

प्रहरी अनुसन्धानमा स्नेहा हत्यामा आमा–बुवासहित ५ जना संलग्न भएको र शव लुकाउन ६ जनाले सहयोग गरेको खुलेको थियो । हत्याअघि नै सद्गत गर्ने स्थान, गुइँठा, मट्टीतेल र चिनी व्यवस्था गर्ने व्यक्ति तोकिएका थिए । पल्लो कोठामा छोरी सुतिरहँदा अर्कोमा आमा–बुवाले तीन सहयोगीसँग स्नेहा हत्या योजना बुनेको प्रहरीले जनाएको थियो । सद्गतका लागि दिलीपका भाइ प्रदीपले नै सबै तयारी गरेको र खोला किनारमा डेढ घण्टासम्म शव जलाएर पानीले आगो निभाई हड्डी र खरानी बगाएर प्रमाण नष्ट गरेको आरोप प्रहरीले लगाउँदै आएको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?