१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नेकपाको कार्यदिशाको अक्षरशः पालना गर्न वाइसिएलको निर्देशन

रासस

काठमाडौँ — योङ कम्युनिष्ट लिग (वाइसिएल) ले नेपाल कम्युनिष्ट पार्टीको समाजवादउन्मुख जनताको जनवादको कार्यदिशालाई अक्षरशः कार्यान्वयन गर्न मातहतका सबै समितिलाई निर्देशन दिएको छ । 

नेकपाको कार्यदिशाको अक्षरशः पालना गर्न वाइसिएलको निर्देशन

बिहीबार नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीच पार्टी एकता भई नेकपा निर्माण भएको सन्दर्भमा मातहतका सबै समितिले पार्टी एकताको भावअनुसार नै गर्न गराउनसमेत आग्रह गरेको छ ।


वाइसिएलको शुक्रबार बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको प्रक्रियालाई स्वागत गर्दै मातहतका सबै समितिलाई एकीकृत गर्ने अभियानमा लाग्ने निर्णय गरेको हो ।


बैठकपछि वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'पार्टी एकता प्रक्रियालाई सार्थक बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेतृत्वबाट भएको सकारात्मक पहलप्रति धन्यवाद ज्ञापन गर्दछौँ । एकताको भावलाई स्थानीय तहसम्म लैजान र जनतामा सम्प्रेषित गर्न आग्रह गर्दछौँ ।'

प्रकाशित : जेष्ठ ४, २०७५ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?