१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विवाहित युवतीलाई ‘ब्ल्याकमेलिङ’ गर्ने पक्राउ

सुर्खेत — विवाहित युवतीलाई ‘ब्ल्याकमेल’ गरेर रकम फुत्काउन खोज्ने युवक प्रहरी फन्दामा परेका छन् । दैलेख घर भई वीरेन्द्रनगर, पिपिरा बस्दै आएका जीवन शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विवाहित युवतीलाई ‘ब्ल्याकमेलिङ’ गर्ने पक्राउ

पीडितको जाहेरीका आधारमा प्रहरीले शाहीविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको छ । प्रहरीका अनुसार ती युवतीको बिहेपूर्व जीवनसँग प्रेमसम्बन्ध थियो । उतिबेला मोबाइलबाट खिचेका तस्बिर युवतीका पतिलाई ‘फेक’ फेसबुक आइडीबाट पठाएपछि युवती तनावमा थिइन् ।

जीवनले यसअघि पनि ब्ल्याकमेलिङ गर्दै एक लाख ८० हजार रुपैयाँ युवतीबाट असुलेको प्रहरीको भनाइ छ । पछिल्लोपटक युवतीसँग तीन लाख रुपैयाँ मागेका थिए । उनले रकम दिन इन्कार गरेपछि फेक फेसबुक आइडीबाट जीवनले वैदेशिक रोजगारीमा रहेका युवतीका पतिलाई अश्लील भिडियो र तस्बिर पठाएका थिए ।

जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले युवकविरुद्ध सार्वजनिक अपराध र विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइने बताए ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?