दिल्ली अस्पतालबाट चेलीको पुकार

नयाँदिल्ली — राष्ट्रिय आयुर्विज्ञान प्रतिष्ठान (एम्स) मा एचयूभीएस संक्रमणको उपचार गराइरहेकी बैतडीकी बिस्ना जोशीले सहयोगका लागि सरकारसमक्ष आग्रह गरेकी छन् ।

दिल्ली अस्पतालबाट चेलीको पुकार

उनी हाइपोकम्प्लिमेन्टेमिक अर्टिक्यारिअल भास्कुलाइटिस सिन्ड्रोम (एचयूभीएस) संक्रमणका कारण रक्तनली सुन्निने र प्रतिरोधी क्षमताका लागि आवश्यक पर्ने रगतमा हुने विशेष किसिमको प्रोटिनमा कमी आउनेजस्ता समस्याबाट पीडित छिन् । उपचारका लागि आवश्यक ‘रिटुक्सिम्याब’ सुईको एउटा डोजको डेढ लाख भारु पर्छ । त्यही जुटाउन उनलाई समस्या भएको हो ।

अनमीको रूपमा सरकारी सेवामा रहेकी उनले भनिन्, ‘सरकारले सुईको खर्च मात्र बेहोरिदिने हो भने पुन: सामान्य जीवन बिताउन सक्छु, जनताको सेवामा फर्कन सक्छु, म बाँच्न चाहन्छु, सरकार मलाई बचाईदेऊ ।’ सुईका अतिरिक्त उनले महिनाको २० हजार रुपैयाँको औषधि खानुपर्छ ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?