गाई काटेको आरोपमा तीन जना पक्राउ

प्रतिक्षा काफ्ले

स्याङजा — यहाँको चापाकोट नगरपालिका–२ चिर्तेथुङगाका ४३ वर्षीय लालबहादुर नेपालीलाई गाई काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

गाई काटेको आरोपमा तीन जना पक्राउ

सोमबार साँझ लालबहादुरसहित सोही ठाउँका ५० वर्षीय मंगल नेपाली र अनिल नेपालीलाई पनि प्रहरी चौकी चापाकोटले नियन्त्रणमा लिएको बताएको छ ।


लालबहादुरको घरमा रहेको गाई घरबाट ६० मिटर तल पर्ने स्थानमा गाई काटेको भन्ने खबर स्थानीयले दिएपछि तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताए ।

पक्राउ परेकालाई मुलुकी ऐन २०२० गौबधको महल अनुसार मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गरिने एसपी सापकोटाले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७५ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?