१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आरोही लिन गएका हेलिकप्टर तीन दिनदेखि ताप्लेजुङमा  

आनन्द गौतम

ताप्लेजुङ — कञ्चनजंघा हिमाल आरोहण गरेको टोली लिन आएका दुई वटा हेलिकप्टर तीन दिनदेखि ताप्लेजुङमै रोकिएका छन् । 

आरोही लिन गएका हेलिकप्टर तीन दिनदेखि ताप्लेजुङमा  

खराव मौषमका कारण वेसक्याम्प पुग्न नसकेपछि चेइराम भन्ने स्थानमा हेलिकप्टर रोकिएका हुन ।


एभरेष्ट कम्पनीका हेलिकप्टर मंगलबार बेलुका सुकेटार पुगेका थिए । बुधवार बिहान बेसक्याम्पतर्फ गएका ती हेलिकप्टर मौषम अनुकुल नभएपछि त्यँही रोकिएको एसियन ट्रेक प्रालिका म्यानेजर सञ्जय बरालले बताए ।

उक्त कम्पनीबाट २३ जना आरोहणका लागि गएका थिए । अधिकांश आरोहण सफल भएपछि बेसक्याम्प फर्किएका छन् । उनिहरु हेलिकप्टरको पखाईमा रहेपनि मौषमका कारण दुवैले फरक ठाउमा बस्नु परेको छ । ‘कहिले बेसक्याम्पको मौषम बिग्रने र कहिले चेइरामको मौषम बिग्रने भइरहेको छ,’ बरालले भने, ‘दिनभरी प्रयास गर्दा पनि नभए भोली देखि हिडेरै फर्कने कुरा पनि भइरहेको छ ।


पूर्वाञ्चल हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुसार तीन दिनदेखि जिल्लामा अधिक बर्षा हुने, बाक्लो कुहिरो लाग्ने भइरहेको छ । यहाँ मंगलबार एकै रातमा ३५ मिलिमिटर पानी परेको थियो ।

प्रकाशित : जेष्ठ १०, २०७५ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?