२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी पुरस्कृत

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्यसम्पादन गर्ने ८ प्रहरी अधिकारीलाई नगदसहित सम्मान गरेको छ ।

उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी पुरस्कृत

परिसरले नेपाल बंगालादेश बैंकसँगको सम्झौतापछि प्रत्येक महिना उत्कृष्ठ कार्यसम्पादनका आधारमा काठमाडौं पुलिस अवार्ड २०७५ दिने घोषणा यसअघि नै गरेको थियो । वैशाख महिनाको उत्कृष्ट कार्यसम्पादन गरेवापत महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी अनुपम श्रेष्ठ र महानगरिय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदिप बहादुर क्षेत्रीले संयुक्त रुपमा ५० हजार रुपैयाँसहित पुरस्कृत भए । त्यस्तै बलम्बु प्रभाग र भृकुटीमण्डप प्रभागका प्रहरी निरीक्षक शर्मिला गुरुङ र पुस्कर बोगटी संयुक्त रुपमा ३५ हजार रुपैयाँसहित पुरस्कृत भए ।


महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रहरी नायक निरीक्षक टेकबहादुर कुँवर २५ हजार र बालाजु वृत्तका प्रहरी सहायक निरीक्षक शिव कटेल २० हजारसहित पुरस्कृत भए । प्रहरी प्रभाव प्रभाग बलम्बुका प्रहरी हवल्दार विक्रम लामा १५ हजार र प्रहरी जवान अर्जुन सेठी १० हजार रुपैयाँसहित पुरस्कृत भए ।


प्रकाशित : जेष्ठ ११, २०७५ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?