कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीका बारेमा  मनपरि लेख्ने पक्राउ

नारायण शर्मा

नवलपरासी — राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीका बारेमा फेसबुकमा जथाभावी लेख्ने र पोष्ट गर्ने यहाँका एक युवकलाई प्रहरीले पक्राउ गरेर प्रहरी प्रधान कार्यालय काठमाडौं लगेको छ । 

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीका बारेमा  मनपरि लेख्ने पक्राउ

प्रहरीले कावासोती नगपालिका–१ कोइलापानीका जुंगे भनिने सुरज भुसाललाई सोमबार उनकै घरबाट पक्राउ गरेको हो ।


भुसालले दुई साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा प्रधानमन्त्री ओली र मोदीको अंगालो हालेको फोटोमा मोदीको टाउकोमा राष्ट्रपति विद्यादेवी भण्डारीको टाउको जोडेर जथाभावी लेखेका थिए ।


पूर्वी नवलपरासीका निमित्त प्रहरी प्रमुख लालध्वज सुवेदीले केन्द्रीय अनुसन्धान ब्यूरोले भुसालको फेसबुक स्टाटसका आधारमा पक्राउ गरेर बुझाउनु भन्ने आदेश दिएकाले भुसाललाई पक्राउ गरेर काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बुझाइदिएको बताए ।


भुसाललाई साइबर क्राइम अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ । ।

प्रकाशित : जेष्ठ १५, २०७५ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?