१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘सगरमाथा निगरानीमा छैन’

काठमाडौँ — हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार काठमाडौंमा सुरु दोस्रो अन्तर्राष्ट्रिय हिमालयन ट्राभल मार्टमा बोल्ने अधिकांश वक्ताले सरकारको निगरानीमा सगरमाथा नरहेको जनाउँदै त्यहाँ अत्यधिक फोहोर थुप्रिंदै गएको बताए ।

‘सगरमाथा निगरानीमा छैन’

‘राज्य बलियो भएन, सगरमाथामा उपस्थिति पनि देखिंदैन,’ पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका नाति टासी तेन्जिङ शेर्पाले भने, ‘सगरमाथा बन्दचाहिँ गरिहाल्नुहुन्न तर, त्यहाँ खटाइने लियाजन अफिसर (सम्पर्क अधिकृत) भत्ता खाने मात्रै भए ।’ पछिल्लोपटक सगरमाथा अत्यधिक कमर्सियल भएको जनाउँदै टासी तेन्जिङले निजामतीतर्फ कर्मचारीलाई सम्पर्क अधिकृत नराखेर अन्य मुलुकहरूले जस्तो रेन्जर राखिनुपर्ने बताए ।


अर्का वक्ता फिलिप म्याकमास्टरले सगरमाथासहित कर्णाली क्षेत्रका पर्यटकीय गन्तव्यहरू रारा, डोल्पालगायतका स्थलमा प्लास्टिकसहित मानव निर्मित फोहोर अत्यधिक बढेको बताए ।

बेलायती आरोही एड्रिन हेन्सले प्राकृतिक सम्पदामा विश्वकै धनी नेपालले सगरमाथासहितका हिमालको सरकारले ख्याल गर्न नसकेको बताए । लेखकसमेत रहेका एड्रिनले पर्यटकहरूका लागि काठमाडौं पनि प्रद्ूषणले बस्नै नसकिने भएको बताए । विदेशी वक्ताले सगरमाथा आरोहणमा बढ्दै गइरहेको प्रदूषण नियन्त्रण गर्न वर्षमा एकपटक रोक्नुपर्नेसमेत बताए ।

प्रकाशित : जेष्ठ १९, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?