कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सडक दुर्घटनामा एकको मृत्यु

प्रतिक्षा काफ्ले

स्याङजा — गल्याङ नगरपालिका–२ रैवारमा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । दुई मोटरसाइकल एक आपसमा ठोक्किदाँ गुल्मी हर्मीचौरका २३ वर्षीय सुनिल सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक दुर्घटनामा एकको मृत्यु

मोटरसाइकलमा सवार अन्य ४ जना घाइते भएका छन् ।


सोमबार राती मिर्मिबाट गल्याङ आउँदै गरेको लु ३२ प ९९७९ नम्बरको मोटरसाइकल र गल्याङबाट मिर्मि जाँदै गरेको लु ३५ प १६३३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गल्याङ–३ का २२ वर्षीय अजित सुनार, कालिगण्डकी–२ का २० वर्षीय मदन पाण्डे, गल्याङ्–२ का २३ वर्षीय दिलिप राना र सोही स्थानका २२ वर्षीय सुशिल सुवेदी घाइते भएको वडा प्रहरी कार्यालय वालिङ्ले जनाएको छ ।


घाइते सुनार, पाण्डे र रानाको गल्याङ सामुदायीक अस्पतालमा उपचार भएको र थप उपचारका लागि पाल्पा मिसन अस्पतालमा रिफर गरिएको प्रहरी निरीक्षक चिनकपुर गुरुङले जानकारी दिए । सुवेदीका गल्याङ सामुदायिक अस्पतालमा उपचार भइहेको छ । लु ३५ प १६३३ नम्बरको मोटरसाइकलमा ३ जना सवार थिए ।

प्रकाशित : जेष्ठ २२, २०७५ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?