कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

४६ जना कञ्चनजंघा चुचुरोमा

३६ जना एकै कम्पनीबाट
आनन्द गौतम

ताप्लेजुङ — विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा (८,५८६ मिटर) मा यसवर्ष ४६ जनाले सफल आरोहण गरेका छन् । २० जना विदेशी र २६ नेपालीले आरोहण गरेका हुन् ।अनुमति लिएर गएकामध्ये २४ विदेशीले शिखर चुम्न सकेनन् । उनीहरू अधिकांश चौथो क्याम्पभन्दा माथि पुगेर फर्किए ।

४६ जना कञ्चनजंघा चुचुरोमा

यो वर्ष पाँचवटा कम्पनी आरोही लिएर गएका थिए । पर्यटन मन्त्रालयका अनुसार एक्सपिडिसन बेस प्रालि, सेभेन समिट, एसियन ट्रेकिङ, एसियन ट्रेकिङ २ र एड्भेञ्चर जियो ट्रेकले आरोहण गराएका थिए ।

सबैभन्दा बढी भारतीय नागरिकले आरोहण गरेको कम्पनीहरूले जनाए । यस वर्षको पहिलो आरोहण जेठ २ गते पाँचजनाले गरेका थिए । एक्सपिडिसन बेसका निर्देशक लाक्पा शेर्पा, सोलुखुम्बुका पेम्बा ग्याल्जेन शेर्पा, अस्ट्रेलियाका क्रिश्चियन प्याट्रिसियन बुक, सेभेन समिट ग्रुपबाट रसियाका सेर्गे र जर्मनका थर्वोले सिजनको पहिलो आरोहण गरेका थिए ।

सबैभन्दा बढी आरोहण एसियन ट्रेक प्रालिले गराएको छ । यो कम्पनीबाट नेपालीसहित ३६ जनाले आरोहण गरेका हुन् । कम्पनीका निर्देशक आङछिरिङ शेर्पा स्वयंले पनि आरोहण गरेको प्रबन्धक सञ्जय बरालले बताए । उनका अनुसार एसियनबाट भारतका निर्मल कुमार, पंकज जोशी, मोन्टिराज खोवा, पल्डेस कलाम र गौरभ काडिनले जेठ ६ गते आरोहण गरेका थिए ।

भारतकै सेरल, आकाश वाभरिया, योगेन्द्र गार्बियल, राहुल जर्नगल, सुरेन्द्र प्रसाद, अर्जुन भाजपाइ, हसेदकमला क्यारियो, ग्रीसका एण्डोनिस साइक्रिम, फोटिम थियोरिम र इटालीका अलेसएन्ड्रोइड इमिलियाले जेठ २१ गते आरोहण गरेका थिए । उनीहरूलाई लिएर गएका दावा स्टेभेन शेर्पा, पेम्बातेसरिङ शेर्पा, सोनाम तेसरिङ, पासाङ, एङतेन्दी, पेम्बानुरु, लाक्पा, पासाङ, पेम्बातेसरिङ र पेम्बाछिरिङ शेर्पाले पनि आरोहण गरे ।

दाजाङवु, लाक्पा, पासाङतेसरिङ, लाक्पातेन्जी, नुपु, पासाङ, लाक्पा, आङदाजु, दावा लामा, निमादावा र गलुक शेर्पाले पनि आरोहण गरेको बरालले जानकारी दिए ।

अधिकांश आरोहीले जेठ ६ गते आइतबार बिहान ८:१५ देखि ९:३० सम्म र ७ गते सोमबार बिहान ३:४५ बजेभित्र शिखर चुमेका थिए । हावा नचल्ने र हिमपहिरो नझर्ने समय पारेर आरोहण गर्नुपर्ने भएकाले यो समय रोजिएको हो । यस वर्षको आरोहण बिनाक्षति ठूलो उपलब्धि भएको एसियन ट्रेकिङका आरोही दावा शेर्पाले बताएका छन् ।

सन् २०१४ यता कञ्चनजंघाको आरोहण हुनसकेको थिएन । २०१२ र ०१३ मा आरोहण गरेर फर्कने क्रममा आठजनाको मृत्यु भएपछि त्यसपछिका दुई वर्ष कसैले हिम्मत गर्न सकेनन् । सन् २०१६ मा गएका १४ जनाको टोली आरोहण गर्न नसकी फर्किएको थियो । उनीहरू चुचुराको तीन सय मिटर तलबाट फर्किएका थिए । यस वर्षको आरोहण पूर्वी मोहडाबाट भएको थियो ।

प्रकाशित : जेष्ठ २७, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?