कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कात्तिकसम्ममा साल्मेडाँडाको गोर्खा स्मारक बनिसक्ने 

काठमाडौँ — बेलायतबाट गोर्खा सैनिकमाथि भएको विभेदको प्रतिकका स्याङ्जाको साल्मेडाँडामा निर्माणाधिन गोर्खा स्मारक आगामी कात्तिकसम्ममा पुरा हुने बताइएको छ ।

कात्तिकसम्ममा साल्मेडाँडाको गोर्खा स्मारक बनिसक्ने 

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक अध्यक्ष तथा गोर्खा स्मारक कोषका अध्यक्ष पदमबहादुर गुरुङले सोमबार पत्रकार सम्मेलन गरी स्मारक बनाउनका लागि आवश्यक प्रक्रिया अघि बढेको भन्दै आगामी कात्तिमसम्ममा बन्ने जानकारी दिएका हुन् ।


उनले स्मारिकाको उद्घाटन नेपालका र बेलायतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेसमेत उल्लेख गरे ।


पहिलो र दोस्रो विश्वयुद्धमा नेपालीहरुलाई होमेर बेलायतले मानवअधिकार विरुद्धको काम गरेको भन्दै वीर गोर्खालीको सम्झनामा स्मारक बनाउन लागिएको हो । गोर्खा स्मारक बनाउनका लागि गोर्खाली समुदाय र नेपाल सरकारले सहयोग गर्दै आएको छ ।


गोर्खा स्मारक बनाउनका लागि गेसोका वर्तमान अध्यक्ष कृष्णकुमार राई, देवीमाया पुन र प्रेम गुरुङको अथक मेहनत र परिश्रम रहेको बताउँदै अध्यक्ष गुरुङले यो अभियान सबै गोर्खालीहरुको सामूहिक अभियान भएको स्पष्ट पारे ।


गेसोको निरन्तर २७ वर्ष नेतृत्व गर्दै गोर्खा भूपूहरुलाई समान न्यायका लागि पदमबहादुरले आन्दोलनको नेतृत्व गर्दै आएका थिए । पदमबहादुरले दुई वर्षअघि गेसोका वरिष्ठ उपाध्यक्ष कृष्णकुमार राईलाई नेतृत्व हस्तान्तरण गरका थिए ।


गोर्खालीमाथि भएको विभेद, युद्धमा मारिएका र बेपत्ता पारिएका गोर्खालीहरुको सम्मानका लागि आफूले नयाँ अभियान सञ्चालन गर्ने पनि अध्यक्ष गुरुङले जानकारी दिए ।


प्रकाशित : जेष्ठ २८, २०७५ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?