उपत्यका
जेष्ठ २९, २०७५

इदको बिदा दिन गृहमन्त्रीको ध्यानाकर्षण 

नेपाल मुस्लिम इत्तेहाद संगठनले गृहमन्त्री रामबहादुर थापासँग इदउल फित्र र इदउल अजहा पर्वमा सार्वजनिक बिदा दिन माग गरेको छ । 

सिकलेस–कोरी केबलकार

कास्कीको मादी गाउँपालिकाले १ हजार ४ सय ५० मिटर उचाइको सिक्लेस, भुलकचादेखि ४ हजार मिटर उचाइको कोरीसम्म केबलकार निर्माण गर्ने योजना बनाएको छ । प्रारम्भिक सम्भाव्यता अध्ययनको जिम्मा पाएको पोखराको क्युबिक इन्जिनियरिङ कन्सल्टयान्ट प्रालिले शनिबार सार्वजनिक गरेको प्रतिवेदनले मादीमा केबलकार सञ्चालन व्यावहारिक हुने देखाएको छ ।

जेष्ठ २८, २०७५

कात्तिकसम्ममा साल्मेडाँडाको गोर्खा स्मारक बनिसक्ने 

बेलायतबाट गोर्खा सैनिकमाथि भएको विभेदको प्रतिकका स्याङ्जाको साल्मेडाँडामा निर्माणाधिन गोर्खा स्मारक आगामी कात्तिकसम्ममा पुरा हुने बताइएको छ ।

जेष्ठ २७, २०७५

छुरा प्रहार गरी छोराको हत्या

भक्तपुरमा एक व्यक्तिले छुरा प्रहार गरी छोराको हत्या गरेको छ । भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने चाँगुनारायणका ३५ वर्षीय पलमान गिरीले आइतबार आफ्नै छोरा १२ वर्षीय प्रतिक गिरीलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

आँधीखोलामा सुली प्रकरण : छानविन समितिले प्रतिवेदन बुझायो 

भीरकोट नगरपालिका–६ मा रहेको पोल्ट्री फर्मले सुली बगाएपछि आँधीखोलामा माछालगायत जलचर मरेको घटना छानबिन गर्न गठित समितिले प्रतिवदेन बुझाएको छ । खिलुङ कालिका एग्रोफर्मले गत बैशाख २१ को राति खोलामा सुलीसहित फोहर बगाएको थियो ।

४६ जना कञ्चनजंघा चुचुरोमा

विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा (८,५८६ मिटर) मा यसवर्ष ४६ जनाले सफल आरोहण गरेका छन् । २० जना विदेशी र २६ नेपालीले आरोहण गरेका हुन् ।अनुमति लिएर गएकामध्ये २४ विदेशीले शिखर चुम्न सकेनन् । उनीहरू अधिकांश चौथो क्याम्पभन्दा माथि पुगेर फर्किए ।

म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती

स्थानीय प्रशासनले पृथ्वी राजमार्ग वरपरको बजारमा म्याद नाघेका खाद्य पदार्थ बरामद गरेको छ । जिल्लास्तरीय अनुगमन समितिले नौबीसे र धार्केमा एक सातापछिको उत्पादन मिति राखेर पठाइएका केकलगायत बेकरी बरामद गरेको हो ।

पहिरो पन्छाउँदै यात्रा

जेठ पहिलो साता जिल्ला सभामा सहभागी हुन सदरमुकाम फुङलिङ हिंडेका सिदिङवा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया पहिरोले सडक अवरुद्ध भएपछि साब्लाखु भन्ज्याङमा डेढ घण्टा रोकिए ।

जेष्ठ २६, २०७५

शेरा प्रतिष्ठानद्वारा बिरामीलाई सहयाेग

प्रदेश ३ की उपसभामुख राधिका तामाङका बुवा शेरबहादुर तामाङ र आमा राम्री तामाङको नाममा स्थापित शेरा स्मृति स्वास्थ्य, शिक्षा प्रतिष्ठानले बिरामीलाई सहयोग गरेको छ ।