कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोनिजले प्रादेशिक संरचना निर्माण गर्ने

काठमाडौँ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रादेशिक संरचना निर्माण गर्ने भएको छ । फोनिजको मंगलबार काठमाडौंमा बसेको दोस्रो संघीय समिति बैठकले सातवटै प्रदेशमा समिति गठन गर्ने निर्णय गरेको हो ।

फोनिजले प्रादेशिक संरचना निर्माण गर्ने

निर्णयअनुसार असार २३ गते प्रदेश नम्बर १, असार २४ गते प्रदेश २, साउन ५ गते प्रदेश ३, असार २९ गते प्रदेश ४, असार २५ गते प्रदेश ५, असार २६ गते कर्णाली प्रदेश र असार २७ गते प्रदेश ७ मा प्रदेश तदर्थ समिति गठन गर्ने निर्णय भएको महासचिव मनोज घर्तीमगरले जानकारी दिए । उनका अनुसार प्रदेश तदर्थ समितिको संयोजक फोनिजका प्रदेश इन्चार्जहरु र जिल्ला अध्यक्षहरु सदस्य रहने छन् । फोनिज तदर्थ समितिलाई प्रदेश महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छ ।


त्यस्तै बैठकले १५ सदस्यीय सल्लाहकार समिति, तीन सदस्यीय अनुशासन समिति र ८ वटा विभाग, समेत गठन गरेको फोनिजले जनाएको छ । सल्लाहकारहरुमा खिम घले, उजिर मगर, चन्द्रसिंह कुलुङ, सञ्जय सन्तोषी राई, पुष्करभक्त माथेमा, अनिता गुरुङ, गणेश राई, भैरव आङ्ला, आङदावा शेर्पा, कृष्णराज सर्वहारी, रमिता लामा, श्रीकृष्ण महर्जन, राजबहादुर गुरुङ, खेम बुढामगर र गणेश चौधरी चयन भएका हुन् । त्यस्तै अनुशासन समिति संयोजकमा कुमार नेगी र सदस्यहरुमा माला लिम्बू र लाला गुरुङ चयन भएका छन् ।


विभागीय जिम्मेवारी अनुसार प्रशिक्षण विभाग प्रमुखमा डण्ड गुरुङ, विदेश विभागको प्रमुखमा गजुरधन राई, संगठन विभाग प्रमुखमा मनोज घर्तीमगर, प्रकाशन विभाग प्रमुखमा लक्की चौधरी, महिला विभाग प्रमुखमा देविका घर्तीमगर, आर्थिक विभाग प्रमुखमा अमरध्वज लामा, अल्पसंख्यक समन्वय विभाग प्रमुखमा कमन देवान तोकिएका छन् ।


भवन निर्माण अध्ययनका लागि मिलन लिम्बूको संयोजकत्वमा जगत दोङ र अञ्जना शिल्पकार सदस्य रहेको समिति बनाइएको छ । उक्त समितिले तीन महिनाभित्र भवन निर्माणका लागि गरी प्रतिवदेन बुझाउने फोनिजले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?