१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

संखुवासभामा पेस्तोल सहित एक पक्राउ

संखुवासभा — खाँदबारी-३ मानेभञ्ज्याङबाट प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । बुधबार राति प्रहरीको गस्ती टोलीले सिलिचोङ गाँउपालिका-५ याफुका ३५ वर्षीय केदार राईलाई पक्राउ गरेको हो ।

संखुवासभामा पेस्तोल सहित एक पक्राउ

को३१प ९५४४ नम्बरको मोटरसाईकलबाट खाँदबारी तर्फ आउँदै गरेका राईले शंकास्पद गतिविधि गरेपछि प्रहरीले चेकजाँच गरेको थियो । उनको साथबाट अटोमेटिक पेस्तोल त्यसको दुई वटा म्यागजिन र १४ राउण्ड गोली बरामद गरिएको डिएसपी श्यामकुमार सारुमगरले बताए ।

उनलाई हातहतियार तथा खरखजना अन्तर्गत मुद्धा दर्ता गरिएको छ । पक्राउ परेका राई नयाँशक्ति पार्टीका कार्यकर्ता हुन् । गएको स्थानीय तहको निर्वाचनमा सिलिचोङ गाँउपालिका-५ मा वडा अध्यक्षको उम्मेदवार बनेका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७५ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?