१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पिकअप खस्दा २ को मृत्यु

प्रकाश बराल

बागलुङ — गल्कोटदेखि यात्री लिएर ताराखोला गाउँपालिका-२ अर्गल जाँदै गरेको पिकअप सडकदेखि खस्दा २ जनाको मृत्यु भएको छ ।

पिकअप खस्दा २ को मृत्यु

ग१ज ६०३४ नम्बरको पिकअप बिहीबार दिउँसो १ बजे भातखाने डाँडा नजिकै सडकदेखि ५ सय मिटर तल खसेको हो । घटनामा ताराखोला गाउँपालिका-३ का २४ वर्षीय हेमन्त घिमिरे र ५५ वर्षका हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बतायो ।


जिपका चालक डम्बरबहादुर घिमिरे र अर्का यात्री ४२ वर्षका कर्णबहादुर भण्डारी घाइते भएका छन् । उनीहरु दुवैलाई उपचारका लागि स्थानीय र प्रहरीले उद्दार गरी गलकोट प्राथमिक स्वास्थ्य केन्द्र पठाएका छन् । जिप खसेको देखेका स्थानीय भक्तबहादुर घर्तीले तत्कालै प्रहरी र स्थानीयलाई खवर गरेपछि उद्दारको काम थालेका थिए । जिप क्षतविक्षत भएको घर्तीले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ३१, २०७५ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?