१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भम्पा राईलाई शरणार्थीको सहयोग

अर्जुन राजवंशी

दमक — आन्द्रा सम्बन्धि समस्याका कारण विरामी परेका भुटानी शरणार्थी अगुवा डा.भम्पा राईलाई झापा र मोरङमा रहेका शरणार्थीले आर्थिक सहयोग गरेका छन् । 

भम्पा राईलाई शरणार्थीको सहयोग

बेलडाँगी र पथरीशनिश्चरे शिविरका शरणार्थीले डा.राईलाई एक लाख ४४ हजार ६ सय १२ रुपैयाँ सहयोग गरेका हुन् । सहयोग रकम शनिबार दुवै शिविरका सचिवहरु चम्पासिं राई र टीकाराम रसाइलीले डा.राईलाई हस्तान्तरण गरे ।

डा.राई १५ दिनदेखि विरामी छन् । उनको आन्द्रामा समस्या भएपछि दिसा पिसाबबाट रगत जान थालेको थियो । उनको भारतको सिलिगुडीस्थित आनन्दलोक अस्पतालमा आन्द्राको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि स्वास्थ्यमा सुधार भएका डा.राईलाई तीन दिनअघि झापाको दमकस्थित डेरामा ल्याइएको छ ।

७२ वर्षीय डा.राईसँगै उनकी ५८ वर्षीया श्रीमती उर्मिला पनि विरामी छन् । उर्मिलाको दुवै मृगौलाले काम गर्न छाडेको छ । उर्मिलाको एक वर्षदेखि नियमित रुपमा हप्तामा दुई पटक डायालासिस गर्नुपर्छ । निसन्तान डा.राई दम्पती नै रोगले थलिएपछि उनीहरुको उपचारमा आर्थिक अभाव भएको छ ।

भुटानी शरणार्थीलाई स्वदेश फिर्तीको अडान राख्दै विभिन्न संघर्षमूलक कार्यक्रमको नेतृत्व गर्दै आएका डा.राईलाई शरणार्थीसँगै जिल्लाका अन्य संघसंस्थाले पनि आर्थिक सहयोग गरिरहेका छन् ।

प्रकाशित : असार २, २०७५ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?