कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

उपचार गर्न ४ घण्टा पैदल

विप्लव महर्जन

सल्यान — कालिमाटी गाउँपालिका–१, लक्ष्मीपुरस्थित चोत्रे र हिङवरेका बासिन्दा उपचारका लागि चार घण्टा पैदल हिँड्न बाध्य छन् । स्वास्थ्य चौकी टाढा भएकाले स्थानीयवासी धामीझाँक्रीको भरमा उपचार गराउन बाध्य छन् । सबैभन्दा बढी समस्या गर्भवती र सुत्केरीलाई छ ।

उपचार गर्न ४ घण्टा पैदल

दुई गाउँका ८० परिवार लामो समयदेखि उपचार सेवाबाट वञ्चित भएका हुन् । स्थानीयलाई उपचारका लागि त्रिवेणीको काभ्रा र कालिमाटीको रामपुर जानुपर्ने बाध्यता छ । कतिपय स्थानीय उपचारका लागि दाङको तुलसीपुर जाने गरेका छन् ।

गर्भवतीले नियमित चेकजाँच गराउन नपाउने र घरमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको चोत्रेकी विमला रोकाले बताइन् । उनका अनुसार गाउँमा नियमित गाडी नचल्ने भएकाले आउजाउमा समस्या छ । स्वास्थ्यकर्मी गाउँमा नआउने र स्थानीय स्वास्थ्य संस्थामा नजाने भएकाले धेरै बालबालिका खोपबाट वञ्चित भएको स्थानीय प्रमिला रानाले बताइन् । ‘खोपका लागि बालबालिकालाई दाङको पुरन्धारा लैजाने गरेका छौं,’ उनले भनिन्, ‘गाउँमा मेडिकलसमेत छैनन्, उपचारमा धेरै समस्या छ ।’ सडक निर्माणपछि नियमित गाडी चले मात्रै स्वास्थ्य सेवा नियमित पाउने उनको भनाइ छ ।

६० वर्षीय चन्द्रबहादुर डाँगीले पटक–पटक स्वास्थ्य समस्या देखिने गरे पनि घरेलु उपचार गर्न बाध्य भएको बताए ।

प्रकाशित : असार ५, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?